करपुरेश्वर पार्क निर्माणको सार्वजानिक सुनुवाई

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७६
Kar

लमजुङ, २० साउन । बेसीशहर नगरपालिका– ८ को मलामे चौरमा निर्माण गरिएको करपुरेश्वर पार्क निर्माणमा आब २०७५÷७६ मा सम्पन योजनाको सार्वजानिक गरिएको छ । सो अवसरमा पार्क निर्माणका समयमा भएका खर्च, पार्क निर्माणका गतिविधि र बाँकी कामका बारेमा जानकारी दिइएको थियो ।

बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बेसीशहर नगरपालिका– ८ मा निर्माण गरिएको यस पार्क मनोरञ्जन र पर्यटकको थलो बनाई आम्दानी गरिने बताए । उनले पार्क निर्माणसंगै बैठक, कार्यक्रम गर्न लगायत हरेक कार्य गर्न र पर्यटकीय स्थालको रूपमा चिनाउन सकिने बताए ।

उनले उक्त पार्क व्यवस्थित गर्नका लागि बेसीशहर नगरपालिकाले चालुु आवमा पनि १० लाख रुपैयाँ विनियोजित गरेको उक्त पार्कको निर्माणकै लागि प्रदेश र संघीय सरकारको कार्यक्रममा समेत बजेट परेको जानकारी दिए । उनले भने, ‘चालु आवमा कम्तिमा ५० लाखको काम हुनेछ र आउँदो आर्थिक वर्षमा निर्माणका सबै काम पुरा गर्ने लक्ष्य नगरपालिकाको रहेको छ ।’ उनले निर्माण कार्यलाई तिब्र दिन र काम पारदर्शी ढंगबाट गर्नुपर्नेमा जोड दिए । उनले नगरपालिकाभित्र १०÷११ वटा पार्क निर्माणको काम थालनी गरिएको समेत जानकारी दिए ।

नगरपालिका उपप्रमुख लक्ष्मीदेवी अधिकारीले करपुरेश्वर पार्कले बाह्य तथा अन्तरिक पर्यटकका लागि विशेष आकर्षण गर्ने विश्वास गरिएको हुँदा त्यसका लागि यस निमार्ण कार्यलाई तिब्र गतिमा सम्पन्न गर्न सबै नगरबासीले आफ्नो ठाउँबाट सक्दो पहल गर्न अनुरोध गरिन् ।

करपुरेश्वर पार्क निर्माण उपभोक्ता समितिका प्रमुख बृषबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पबित्रा थापा रानाले करपुरेश्वर पार्क वडानं ८को गौरव भएको हुँदा यसलाई त्यसै अनुरुप निमार्ण गर्नु पर्नेमा जोड दिइन् । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बेसीशहर नगरपालिका– ८ का अध्यक्ष इमान सिं तामाङ, करपुरेश्वर टोल विकास संस्थाका अध्यक्ष कमला के.सी. लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

करपुरेश्वर पार्क निर्माणको आर्थिक बर्ष २०७५÷७६ प्रतिवेदन पार्क निर्माणका सचिव रमेश राउतले प्रतिवेदन प्रस्तुत गर्नु हुँदै कुल ४४ लाख ५६ हजार ५ सय २३ रुपैयाँ खर्च भएको र निकासा रकममा १४ हजार २३ रुपैयाँ नपुग भएको बताए । पार्क निर्माण उपभोक्ता समितिका सदस्य लिलाबहादुर रिमालले स्वगत गरेको कार्यक्रममा सदस्य सरोज कुमार दनाईले भावी कार्यक्रमको योजना प्रस्तुत गरेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width