पोखरा, १९ साउन । पोखरा–१०, इन्द्रमार्ग स्थित कोल्मा बहाकोट तमु समाजको २६ औँ बार्षिक साधारण सभा एवं १२ औँ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मिनप्रसाद तमुले समाज दुःख र विपद्मा आवश्यक पर्ने हुँदा समाजले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने धारणा राखे ।
समाजको १२ औँ अधिवेशनले कोल्मा बहाकोट तमु समाजको नयाँ कार्यसमितिको अध्यक्षमा सुवेदार भोजबहादर तमुलाई निर्विरोध निर्वाचित गरेको छ । नयाँ समितिको उपाध्यक्षमा सुवेदार लालबहादुर तमु, महासचिवमा पूर्णबहादुर तमु चयन भएका छन् ।
समाजको सचिवमा कमला तमु, कोषाध्यक्षमा प्रेमबहादुर तमु,महिला उपाध्यक्षमा लीला गुरुङ चयन भएका छन् ।महिला सह–कोषाध्यक्ष बाला तमु, क्वाटर मास्टरमा तुलाराम तमु र सहयोगीमा ताराप्रसाद तमु चयन भएका छन् ।
कोल्माबहाकोट तमु समाजका निर्वतमान अध्यक्ष पूर्णबहादुर तमुलाई समाजको उन्नतिर समाजिक उत्थानको लागि अतुलनीय योगदान पु¥याईएको बन्दै आजीवन सदस्य घोषणा गरेको छ । वि.सं. २०५० साल आषाढ २६ गते स्थापना भएको यस समाजले स्याङ्जाको पूर्वी पहाडी भेगमा अवस्थित कोल्मा, बहाकोट, ओरेष्टे,राङभाङ, र ठूला डिही, टक्सारबाट पोखरामा बसोबास गर्ने गुरुङ समुदाय, परिवारको लागि निरन्तर कार्य गर्दै आइरहेको छ ।
२६ औँ बार्षिक साधारण सभा कार्यक्रममा समाजका सचिव सुवेदार लालबहादुर तमुले समाजको बार्षिक प्रतिवेदन प्रस्तुत र समाजका कोषाध्यक्ष सुमे लीलबहादुर तमुले २०७५ आषाढ १ गतेदेखि २०७६ आषाढ मसान्तसम्मको आयव्यय प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सिटिजन जुरी थप ७ जिल्लामा विस्तार हुने
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
इजलास छैन श्रीमानलाई
जिल्ला समन्वय समिति : संविधानले चिन्यो, व्यवहारले चिनेन
जग्गाको मालिक बन्दै भूमिहीन
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७