एनआरएन जापान क्षत्रीय समिति चीवा गठन

Avatar एजेन्सी
श्रावण १३, २०७६

गैरआवासीय नेपाली संघ जापानका विभिन्न क्षेत्रमा यतिवेला क्षत्रीय अधिवेशन चलिरहेका छन । यसै अन्तर्गत चीवा तदर्थ समितिको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बिष्णुप्रसाद सुबेदी ( विश्व ) को संयोजकत्वमा चीवा क्षत्रीय समिति गठन गरेको छ ।

उप संयोजकहरूमा सुरज राई, लक्ष्मी केसी महर्जन, सचिब राजन भट्टराई, सहसचिब शंकर सुबेदी,कोषाध्यक्ष मुक्तिराज रेग्मी, सह कोषाध्यक्ष समिरजंग खड्का, सदस्यहरु टिकाराम न्यौपाने, पिताम्बर गौतम, दिनेश गौतम, सुरेन्द्र सुबेदी चयन भएका छन ।

समितिको सदस्यहरूमा केशब अधिकारी र सुरेश गिरी रहेका छन् । सोही समितिले चीवा तदर्थ समितिको पहिलो अधिवेशन सम्पन्न गरेको हो । चीवा तदर्थ समितिको पहिलो अधिवेशन सम्पन्न गर्न राजनकुमार श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।

तपाइको विचार व्यक्त गर्नुहोस्

प्रमुख समाचार

लेकसाइडमा पूरै अप्रेसन गर्न आईजी खनालको निर्देशन

थप प्रमुख समाचार

भतिजीलाई वलत्कार गर्ने पक्राउ

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

खुत्रुकेको पैसा आश्रममा

बिश्व फोटोग्राफी दिवस प्रभातफेरी