सरकारले लागू गरेको वेबमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली (भीसीटीएस) खारेजीको माग गर्दै पोखरा उद्योग वाणिज्य संघले आइतवार विरोध र्याली निकालेको छ।
र्यालीका सहभागीले भीसीटीएस तत्काल खारेज गर्नुपर्ने, अव्यहारिक कर नीति फिर्ता लिनुपर्ने र सामान्य मजदूरलाई ज्याला भुक्तानी गर्दा पनि पान अनिवार्य चाहिने निर्णय खारेजीको माग गरेका थिए।
संघको सचिवालय गैह्रापाटनबाट शुरु र्याली महेन्द्रपुल, चिप्लेढुंगाहुँदै गै्रहापाटनमै पुगेर समापन भएको थियो।
र्यालीमा संघका कार्यबाहक अध्यक्ष नारायण कोइराला, निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे, संघका वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापति, महासचिव अर्जुन पोखरेलसहित कार्यसमितिका सदस्यहरु, बस्तुगत संघ/संस्थाका अध्यक्ष, पदाधिकारी र प्रतिनिधिको उपस्थिति थियो।
व्यवसायीहरुले सो अवसरमा ‘व्यवसायिक एकता कायम गरौँ, अव्यहारिक नीतिको डटेर विरोध गरौँ’जस्ता नारा समेत लगाएका थिए।
इन्टरनेटमा सहज प्रयोग र पहुँच तथा व्यवसायी एवं सरकार स्वयंको क्षमतालाई नजरअन्दाज गर्दै हचुवाको भरमा लगाइएको ‘भिसिटीएस’ अव्यवहारिक मात्रै नभएर नेपालको निजी क्षेत्रप्रति सरकारको अविश्वासको परिणाम भएको ठहर गर्दै पोखरा उद्योग वाणिज्य संघले सो व्यवस्थाको विरोध गर्दै आएको छ।
कोणसभामा बोल्दै संघका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले अव्यवहारिक कर नीति र भीसीटीएस खारेज नभए अझ कडा आन्दोलन गर्ने चेतावनी दिए।
उनले व्यवसायीले तिरेको करबाट नै सरकार चलेको सत्यलाई राज्यले बिसेर्को आरोप लगाउँदै भने, ‘हामी व्यवसायीहरुले ५ प्रतिशत पनि नाफा नखाई व्यवसाय गरेर राज्यलाई कर तिरेका छौँ, राज्य भने हामीलाई नै दुःख दिने मनशायले अभिप्रेरित छ। ’
संघका महासचिव अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघ सदैव व्यवसायीहरुको हितको पक्षमा रहेको बताउँदै व्यवसायी माथि आइपर्ने समस्याको डटेर सामना गर्ने बताए। उनले आवश्यक परे व्यवसायीहरु आफ्नो व्यवसाय नै छाडेर सडकमा आउने चेतावनी पनि दिए। सदस्य तारानाथ ढुंगानाले व्यवसायीको मर्काप्रति राज्य उदासीन बनेको आरोप लगाउँदै यस्तो प्रवृत्ति स्वीकार्य नहुने उल्लेख गरे।
Related News
सम्बन्धित समाचार
मुल्मीको एकल चित्रकला प्रदर्शनी
कालिका माविको ४२ औं वार्षिकोत्सव
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पोखरा महोत्सव समापन, बेसलाइनलाई नृत्य उपाधि
वडा १५ मा बृहत् खेलकुद समापन
hero news full width
मुख्य समाचार
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१