पश्चिमाञ्चल माविमा स्वागत

एजेन्सी
श्रावण ६, २०७६
Paschimanchal_Fotor

पोखरा गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले नवआगन्तुक विद्यार्थीलाई एक कार्यक्रमबीच स्वागत गरेको छ।

११ कक्षामा भर्ना भएका विद्यार्थीका लागि स्वागत कार्यक्रम राखिएको थियो।

विद्यालयमा अध्यापन हुने विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, मानविकी र कानून संकायमा भर्ना भएका ती विद्यार्थीलाई प्राचार्य ताराबहादुर घिमिरे लगायतले स्वागत गरेका थिए।

कार्यक्रममा प्राचार्य घिमिरेले नयाँ भविष्य कोर्नका लागि अघि बढेका विद्यार्थीले मेहनतका साथ अघि बढेमा सफलता पाउने बताए।

‘भविष्यको गन्तव्य पहिल्याउने गरी अध्ययन गर्नुपर्छ’ घिमिरेले भने, ‘विद्यालय तहकै अध्ययन भनिए पनि भविष्य कुन दिशामा लैजाने भन्ने निक्र्यौल गर्ने ठाउँ भएकोले अब विचार पुर्याउनुपर्छ। ’

विद्यालयका ११–१२ कक्षाका संयोजक यादव गिरीले अनुशासनमा रहेर अध्ययन गरेमा भविष्य उज्ज्वल रहेको बताए। कार्यक्रममा १२ कक्षाका विद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत गरेका थिए।

कार्यक्रम ताराबहादुर घिमिरेको अध्यक्षतामा भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width