शान्तिदर्शन टोलले गर्यो सम्मान

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७६
20190720_135652_Fotor

सहयोग संस्था शान्ति दर्शन महिला समूहलाई सम्मान गर्दै प्रमुख अतिथि पोखरा–९ का वडाध्यक्ष रामराज लामिछाने । तस्वीर : कृष्णप्रसाद बास्तोला/आदर्श समाज

शान्तिदर्शन टोल विकास संस्था पोखरा–९ नयाँबजारद्वारा आफ्नो सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन उद्घाटन समारोहबीच सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त समारोहमा टोलका १६ जना ज्येष्ठ नागरिक तथा एसइई परीक्षा–२०७६ उत्तीर्ण १७ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।

यसैगरी, सहयोगी संघसंस्था तथा महानुभावलाई पनि सम्मान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका ९ का वडाध्यक्ष रामराज लामिछाने, सदस्यद्वय राममाया मानन्धर र गीता चर्माकार तथा टोल विकासका अध्यक्ष उत्तम जोशीले सम्मानपत्र, माला र टीका प्रदान गरी सम्मान गरेका थिए ।

त्यस अवसरमा प्रमुख अतिथि लामिछानेले पोखरा महानगरका ३३ वटामा दुई वटा टोल विकास संस्थामात्र बालमैत्री भएको र शान्ति दर्शनसंस्थासहित दुवै संस्था ९ नं. वडाका भएकोमा गर्व गर्नुपर्ने बताए ।

वडामा १९ वटा टोल विकास संस्था रहेका र शान्तिदर्शन सबैभन्दा अग्रणी रहेको उल्लेख गरे । साथै, उनले बसपार्क व्यवस्थित गर्न फाइल पेश भैसकेको जानकारी दिए ।

नेकपा पोखरा ९ का अध्यक्ष बलबहादुर कार्कीले टोल विकास संस्थालाई आवश्यक परेको जनशक्ति दिन सकिने बताए ।

आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलाले टोलका आवश्यकता महत्व हेरी प्राथमिकताका आधारमा पूरा गर्नुपनेर्मा जोड दिए ।

सामुदायिक सेवा केन्द्र कास्कीका अध्यक्ष सोमनाथ बास्तोलाले टोल विकासका कार्यक्रममा सामुदायिक सेवा केन्द्रलाई पनि समेटिएकोमा खुसी प्रकट गरे ।

कार्यक्रममा शान्ति टोल विकास संस्थाका अध्यक्ष बलराम पहारी, बालमैत्री वडासमन्वय समितिका सदस्य भावना श्रेष्ठ, सम्मानित छात्रा सविना खनालले मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सदस्य टीकाकुमारी पौडेलले स्वागत गरेकी थिइन् । कोषाध्यक्ष रामबहादुर वयलकोटीले आर्थिक प्रतिवेदन तथा सदस्य यामबहादुर थापाले कार्यक्रम सञ्चालनसहित प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width