पोखरा, ४ साउन । संसारकै पर्यटक आउने गर्छन पोखराको लेकसाइडमा । तर सुन्दा पनि अचम्मै लाग्छ, प्रशासनिक कार्यालय पोखरा वडा नं ६ को कार्यालय परिष्रमा शनिवार एक ट्रक फोहोर संकलन भएको छ ।
बगैचा टोलविकास संस्थाले पोखरा महानगरपालिका वडा न ६को वडा कार्यालय परिष्रमा सरसफाई गर्ने क्रममा उक्त फोहोर संकलन भएको हो । वडा कार्यलयमा यत्रतत्र छरिएर रहेका रुखका हागाहरुलाई काँटछाँट गरी बर्षौसम्म सफा नगरिएको फोहोर लाई सफाइ गरिएको हो ।
संस्थाका सदस्यले सफाई सामाग्री कुटो, कोदालो र सावेल जस्ता औजारले सफाई गरिएको संस्थाका अध्यक्ष मिना ढकालले बताएकी छन । बैदाम सरसफाई अभियान थालेको वडा कार्यालय बैदामले आफ्नै कार्यालय भित्रको फोहोर मैला नदेख्नु दुःखको कुरा हो, ढकालले भनिन् ।
वडा कार्यालय ६ बैदामको आयोजनामा वडा सदस्य कै संयोजकत्वमा “हाम्रो सफा बैदाम अभियान” को थालनी गरेको वडाले आफ्नै आगनको फोहोर नदेख्नुलाई बत्तीमुनिको अध्यारो भनि सरसफाई कार्यक्रमका उपस्थित मानुभावहरुले टिप्पणी गरेका थिए ।
पोखरा महानगर पालिका वडा ६का अध्यक्ष जगतबहादुर पहारीले वडा कार्यालय “अगाडि त सफा नै छ, कार्यालयको पछाडि भागमा भने केही फोहोर रहेको र रुख विरुवाका पातपतिङ्गरले फोहोर गर्ने गरेको” उनले बताए ।
संस्थाका अध्यक्ष मिना ढकालको सभा अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले राम्रो कामको शुरुवात गरेको भन्दै सदस्य साबि क्षेत्रीले नगद ५ हजार आर्थिक सहयोग गरेकी छन् । सफाई कार्यक्रममा ४० जनाले सहभागिता जनाएका थिए ।
पोखरा, २४ मंसिर । १३ औं सागको पुरुष फुटबल अन्तर्गत फाइनल खेलमा नेपालले भुटानलाई २–१ ले पराजित गरी स्वर्ण पदक हात पारेको छ । दोस्रो हाफमा नेपालले यससँगै २–१ को अग्रता लिएको थियो । खेलमा नेपालका लागि दोस्रो गोल सुनिल बलले खेलको ५३ औं मिनेटमा गरेका हुन् । खेलको १६ औं मिनेटमा नै नेपालले सुरुवाती…
तपाइको विचार व्यक्त गर्नुहोस्