बोनम्यारो क्यान्सरपीडितलाई सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७६
Bonm

लमजुङ, ३ साउन । लमजुङका बोनम्यारो क्यासरबाट पीडित बेसीसहर नगरपालिका– ९ चण्डीडाँडाकी १९ बर्षीया सुष्मा दीक्षितलाई आर्थिक सहयोग गरिएको छ । सुष्माकै घरमै पुगी सुरेश घिमिरेको पिता खिमवहादुर घिमिरे तथा आमा विष्णुमाया घिमिरेले सुष्माकी आमा शान्ति दीक्षितलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

बेसीशहर नगरपालिका– ७ घर भई हाल डेनमार्कमा कार्यरत सुरेश घिमिरे र उहाँको श्रीमती सरिता खड्काको सहयोगमा डेनमार्कमा वस्ने नेपालीसंग सहयोग रकम संकलनगरी पीडितलाई पठाएको हो । सुष्मा दीक्षित वचाउ’ अभियानका लागि ४५ जना नेपालीबाट संकलन भएको एक लाख २७ हजार ५ सय ९७ रुपैयाँ पठाएको एक कार्यक्रम बीच हस्तान्तरण गरिएको हो । सो अवसरमा रोट्रयाक क्लब अफ लमजुङका पूर्वअध्यक्ष रेशम घिमिरे, छिमेकी लगायतको सहभागिता थियो ।

सुष्मा ६ महिनादेखि बोनम्यारो क्यान्सर पीडित छन् । काठमाडौस्थित त्रिभुवन शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ । थप उपचारका लागि ६० लाख भन्दा बढी रकम लाग्ने अस्पतालले बताएको आमा शान्तीले बताइन् । उपचारमा खर्च धेरै लाग्ने भएता पनि आर्थिक अवस्था कमजोर भएका कारण सबैसंग सहयोगको अपिल गरेको उनले भनिन् । उनले भनिन्, ‘छोरीको उपचारका यसअघि साउदी, कतारलगायतका देशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीबाट केही सहयोग प्राप्त भएको हुँदा छोरीलाई बचाउन सक्ने आशा जागेको छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width