आफ्नै नेतालाई गालीगरेर बलियो भइदैन – मुख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७६
IMG_0090

नवलपुर,२ साउन ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले नेकपा भित्रकै नेताले आफै पार्टीलाई गाली गर्दै हिड्न गलत भएको बताएका छन् ।

पार्टीभित्र विभिषण प्रवृत्ति बढ्दै गएको छ, उनले भने– जनताले दिएको जनमतलाई कदर गरेर अगाडि बढ्नुका साटो पार्टीकै साथीहरु कांग्रेसलाई गुहार्दै पार्टी विरुद्धै लागिरहेको उनको दावी छ ।

नवलपुरमा सांसद तिलक महतका माता नन्दकली महतको छौठौ पुण्यतिथिको श्रद्धाञ्जलि सभामा बोल्दै मुख्यमन्त्री गुरुङले विभिषण प्रवित्तिको विरुद्ध डटेर सामाना गर्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

‘माहाभारतमा रावणले आफ्नै परिवारभित्र शत्रु भएर युद्ध हारेको हो, राम बलियो भएर होइन’ उनले भने ‘यस्तो प्रवृत्ति हामीमा देखिएको छ, यस्तो प्रबृत्ति विरुद्ध डटेर लाग्नुस अन्यथा हामी पार्टीलाई जोगाउन सक्दैनौ ।’

पार्टीमा मौलाइरहेको हनुमान प्रवित्तिले समेत पार्टीलाई हानी पु¥याउनेतर्फ सचेत गराए । नेताहरुमा सकरात्मक आलोचना समेत सहन नसक्ने र आफ्नो आलोचना गर्नेवित्तिकै विरोधी खेमाको देख्ने व्यवहारले पार्टीलाई जीवन्त बनाउन नसक्ने उनको भनाई छ ।

पार्टी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, पार्टी स्थायी समिति सदस्य सोमनाथ प्यासी, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे लगायत नेताहरु समेत माननीय महतका आमा नन्दकलीलाई श्रद्धाञ्जलि व्यक्त गर्न नवलपुर पुगेका थिए । स्वर्गीय महतको गत असार २७ गते काठमाडौमा उपचारको क्रममा निधन भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • करार फालेर करार नियुक्त गर्दै महानगर

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । तीन महिनायता पोखरा महानगरपालिका करार कर्मचारी विवादले जेलिएको छ । निर्णय गर्ने तर कार्यान्वयन नगर्ने शृृङ्खलाबाट गुज्रिरहेको पोखराको…
  • भलिबल क्रेज बढाउँदै टाइगर कप

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबारदेखि पोखरामा पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ ।…
  • पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा महानगरपालिकाको १६ औैं नगर सभा शुक्रबार सम्पन्न भएको छ । गत २८ पुसदेखि शुभारम्भ भएको नगर सभा सभामा पेस…
  • धारापानी माविको ७४ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । कास्कीको अन्नपूर्ण–३, पाउँदुरस्थित धारापानी माध्यमिक विद्यालयको ७४ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह शुक्रबार भएको छ…
  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…

hero news full width