फोनिज गण्डकीमा आस्था मगर

आदर्श समाज सम्वाददाता
असार ३०, २०७६
fonij a

पोखरा, ३० असार । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आइतवार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले एमबी आस्था मगरको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा दील शिरिष(बाग्लुङ), महिला उपाध्यक्षमा कमला रानामगर(नवलपुर), महासचिव रुद्रबहादुर श्रीस मगर, (कास्की )संगठन सचिव खिमा गुरुङ, (कास्की)संस्थागत सचिवमा तनहँुकी सुनिता थापामगर र कोषाध्यक्षमा तनहुँकै सिर्जना राना मगर चयन भएका छन् ।

त्यसैगरी खुल्ला सदस्यहरुमा सुसान्त गाहा मगर(कास्की), धनबहादुर गुरुङ सुमन(कास्की), गणेश गुरुङ(म्याग्दी), तिलक गुरुङ(स्याङजा) चयन भएका छन् । महिला सदस्यमा मुना थापा मगर(नवलपुर), सूर्यकुमारी महतो(नवलपुर), सुमन थापा मगर(कास्की)र संस्थागत सदस्यहरुमा मीना थापामगर(नेपाल मगर पत्रकार संघ), मनिलाल सरब्ज गुरुङ(तमु संचारकर्मी संघ) चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ फोनिजका संघीय समिति अध्यक्ष डण्ड गुरुङले गराएका थिए । प्रमुख निर्वाचन अधिकृत तिलक पुन पुर्जा रहेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width