ज्याम्दुको अलपत्र पुल पुनः निर्माण गरिन

आदर्श समाज सम्वाददाता
असार ३०, २०७६
01 (8)

पोखरा, ३० असार । कास्कीको मादी गाउँपालिकाको वडा नं ३ र ७ जोड्ने ज्याम्दुमा अलपत्र अवस्थामा रहेको मोटरेवल पुल पुनः निर्माण गरिने भएको छ ।

निर्माणाधीन अवस्थामा रहेको सो पुल गत असार ८ गते आएको बाढीले बगाएपछि स्थानीयले दुःख पोखरेका थिए । २०७२ साल चैत्र २१ गते सम्झौता गरी पटक पटक म्याद थप हुँदै २०७६ असार २० गते निर्माण सम्पन्न गर्ने भनि सम्झौता भएकोमा सो अवधिसम्म करिब ६५ प्रतिशत मात्र काम सम्पन्न भएको र निर्माण सम्पन्न हुनु आगवै पुल बाढीले बगाएपछि स्थानीयको उजुरीको आधारमा आइतबार वसेको सर्वपक्षीय बैठक बसी सो विषयमा छलफल भएको हो ।

जिल्ला समन्वय समितिको कार्यालय कास्कीमा भएको सो बैठकमा कास्कीको निर्वाचन क्षेत्र नं १ का संघीय सांसद एवम् पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, मादी २ का वडा अध्यक्ष एकजंग गुरुङ तथा निर्माण व्यवसायीको तर्फबाट मृत संजीवनी निर्माण सेवाका प्रतिनिधि दिवस उप्रेती र चिरञ्जीवी पोख्रेल लगायतको सहभागिता थियो ।

बैठकमा बोल्दै सांसद खगराज अधिकारीले आफूहरुलाई असफल पार्ने नियतले निर्माण कम्पनीले पटकपटक म्याद गुजारेको र काममा जानाजान ढिला सुस्ती गरेको निर्माण पक्षलाई आरोप लगाए ।

बैठकमा निर्माण पक्षको तर्फबाट प्रतिनिधिद्धय चिरञ्जीवी पोख्रेल र दिवस उप्रेतीले कम्पनीको तर्फबाट भएको ढिलासुस्ती एवम् कमजोरीका कारण समयमै निर्माण सम्पन्न गर्न नसकेकोमा क्षमा याचना गर्दै अब तोकिएकै समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कूल ८ करोड ६ लाख ९७ हजार ९ सय ८ मा निर्माण सम्झौता भएको सो पुलको लागि अहिलेसम्म ४ करोड ४० लाख १७ हजार ३ सय ४५ रुपैया खर्च भईसकेको छ । ८४ मिटर लम्बाईको सो पुलमा २ वटा स्पान रहनेछ । हालसम्म पुलको जग हाल्ने र पानीको वेग रोक्ने पर्खाल निर्माण लगायतको काम भएका छन् ।
जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • खर्च जुटाउँदै पोखरामा राउटे

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । राउटे समुदाय पहिला काठका सामग्री बेचेर गुजारा चलाउँथे । अहिले ती खासै बिक्री हुँदैनन् । परम्परागत पेसा संकटमा…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…
  • एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८०
    पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र एसियाली विकास बैंकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच…
  • सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य

    आदर्श समाज सम्वाददाता फागुन ६, २०७९
    पोखरा। सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्षमा धर्मराज आचार्य निर्वाचित भएका छन् । समितिको २९ औं साधारण सभा तथा १४…
  • मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग

    आदर्श समाज सम्वाददाता माघ २८, २०७९
    पोखरा । युनाइटेड क्लबले मानव सेवा आश्रमको भवन निर्माणमा आर्थिक सहयोग गरेको छ । हेमजामा भएको महायज्ञमा क्लब अध्यक्ष राजु…

hero news full width