पत्रकार एवम् साहित्यकार घायलश्री सम्मानित

आदर्श समाज सम्वाददाता
असार ३०, २०७६
IMG_0192

म्याग्दी,३० असार । म्याग्दी संचार साप्ताहीकका संस्थापक अध्यक्ष साहित्यकार एवम् पत्रकार लोकनाथ भुषाल घायलश्री सम्मानित भएका छन् । २०६ औं भानुजयन्तीको अवसरमा आइतबार बेनीमा एक कार्यक्रमकाबीच म्याग्दी संचार साप्ताहीकबाट घायलश्री सम्मानित भएका हुन् । सोही अवसरमा रचना बाचन गरिएको थियो ।

नेपाली भाषा तथा साहित्यमा भानुले पु¥याएको योगदानलाई सम्झदै म्याग्दी साहित्य संचारले जिल्लाका साहित्यकार तथा विभिन्न क्षेत्रमा आवद्ध शुभचिन्तकहरुको उपस्थितमा संचारका संस्थापक अध्यक्ष ,साहित्यकार एवम् क्रियाशील पत्रकार घायलश्रीलाई नगद ५ हजारसहित दोषल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।

म्याग्दी साहित्य संचारका अध्यक्ष सन्दिप खत्री, प्रमुख अतिथि गणनाथ पौडेल र साहित्यकार धुव्रलाल शर्माले सयुक्त रुपमा घायलश्रीलाई सम्मान गरेका थिए । पर्वतमा जन्मिएका घायलश्रीले लामो समयदेखी म्याग्दी कर्मथलो बनाएर साहित्यिक एवम् पत्रकार क्षेत्रमा क्रियाशील छन् ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि साहित्यकार पौडेलले नेपाली भाषाका सष्ट्रा तथा साहित्यकार भानुभक्त आचार्य योगदानलाई निरन्तर सम्झनुपर्ने बताए । संचार सल्लाकार चन्द्रबहादुर लामिछानेको स्वागत मन्तव्य, सचिव हिरा शर्माको संचालनमा भएको सष्ट्रा सम्मान कार्यक्तममा साहित्यकार अजयमिलन श्रेष्ठ, धुव्रलाल शर्मा, भक्त कार्की चन्द्रबहादुर बुढामगर, दपर्ण रोका दिपक शर्मा लगायतले गजल कविता तथा रचना बाचन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • संगीतकार सुरेश सम्मानित

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) एवं संगीतकार सुरेश गैरे दुई उपाधिबाट सम्मानित भएका छन् । २४ औं सशस्त्र प्रहरी…
  • मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङअन्तर्गत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले विभिन्न विधामा…
  • देवघाटमा मकर काव्य यामिनी

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न…
  • हेमजा रेडक्रसको निबन्ध

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी नीकिता भण्डारी प्रथम भएकी छन् ।…
  • पर्यटनको विकासमा संगीतको महत्व उच्च

    आदर्श समाज सम्वाददाता पौष २६, २०८१
    पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम…

hero news full width