१६ लाखका अलैंची भट्टी बितरण

आदर्श समाज सम्वाददाता
असार २४, २०७६
Vatti

लमजुङ । लमजुङको बेसीशहरमा अलैंची व्यावसायिक कृषकहरूलाई १६ ओटा आलैँची भट्टी बितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलैँची जोन कार्यलयले कृषक समुहलाई अलैंची भट्टी बितरण गरेको हो ।

उक्त भट्टी दुधपोखरी, म¥र्याङ्दी, दोर्दी लगायतका कृषकलाई बितरण गरिएको नेपाल आलैँची व्यवसाय महासंघ गण्डकी प्रदेशका संयोजक तथा लमजुङका जिल्ला अध्यक्ष अजय तामाङले बताए । उनका अनुसार ती आलैँची भट्टीलाई प्रतिगोटा एक लाख रुपैँयाँ परेको छ ।

परम्परागत भन्दा आधुनिक भट्टीमा आलैँची सुकाउँदा बढी गुणस्तरीय हुने र मुल्य पनि राम्रो प्राप्त गर्न सकिनुका साथै आलैँची व्यवसाय राम्रो किसिमबाट फस्टाउन सकिने भएकाले कृषकलाई भट्टी वितरण गरिएको अध्यक्ष तामाङले जानकारी दिए ।

जिल्लामा अलैैंची पकेट क्षेत्रका कृषकहरूले ४० ओटा आलैँची भट्टी माग गरेका थिए । तर पहिलो चरण अन्तर्गत १६ ओटा मात्र प्रवन्ध गर्न सकिएको र वितरण गरिएको अध्यक्ष तामाङले जानकारी दिए । बाँकी २४ ओटा अलैंची भट्टी पनि माग भइसकेको र सकेसम्म छिटो वितरण गरिने नेपाल आलैँची ब्यवसाय महासंघ जिल्ला समितिले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width