मध्यपहाडी लोकमार्ग निर्माणमा स्थानीयद्वारा अबरोध

आदर्श समाज सम्वाददाता
असार २४, २०७६
burt

बागलुङ, असार २४ । स्थानीयबासीको अबरोधका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग निमार्ण कार्य ठप्प बनेको छ ।

बागलुङको ढोरपाटन नगपालिका वडा २ सेरामा निर्माणाधीन पुल र सडक अवरुद्ध भएको हो । सडक निर्माण पक्षले स्थानीय बासीसंग समन्व्य गर्न नसक्दा काम अगाडि बढ्न नसकेको हो । सडक विस्तार गर्ने अन्य नाका हुँदा हुँदै डेढ दर्जन घर खतरामा पर्नेगरी आयोजना अगाडि बढाउन खोजेपछि स्थानीय आक्रोशित भएका हुन् ।

यसअघि पुल निर्माणसंगै सडक बनाउनका लागि वुर्तिवाङको तल्लो र उपल्लो बजारबाट निर्माण गर्ने विवादले काम दुवै तर्फ हुन सकेको थिएन । माथिल्लो बजारमा पुल निर्माण भएपछि तल्लो बजारबाट काम सुरु हुन थालेको थियो । स्थानीयसंग समन्व्य नभएपछि विकल्प खोज्नु पर्ने स्थनीयले बताएका छन ।

यो सडक दुवैतर्फ धमाधम कार्य भएतापनि विवादलाई स्थानीय निकाय र जिल्ला प्रशासनको समन्व्यमा क्षतिपुर्ति दिएर त्यही ठाउबाट बाटोलाई निकासा दिनुपर्ने इन्जिनियर रामप्रसाद सुवेदी बताए ।

सडक संजाल विस्तार गर्न र पुल निर्माणले गति लिनका लागि स्थानीयसंगको विवाद समाधान गरी काम अगाडि बढाउनपर्ने देखिन्छ । निर्माण कार्यले गतिलिएसंगै मध्यपहाडी लोकमार्गद्वारा रुकुमसम्म आवतजावत गर्न यात्रुलाई सहज हुने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width