तेल उद्योगमा भीषण आगलागी

रासस
असार २१, २०७६
dsfsdfsd

पर्सा, २१ असार । वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा शनिवार बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो ।

बिहान २ः३० बजेदेखि शुरु भएको आगलागीलाई बारा पर्साको विभिन्न स्थानबाट आएको बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले नियन्त्रण गर्ने प्रयासमा लागेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले आगोलाई नियन्त्रण गर्न वीरगञ्ज, पोखरिया, सिमरा, अमलेखगञ्ज कलैयाबाट बारुणयन्त्र बोलाइएको बताए ।

तेलमा लागेको आगोलाई नियन्त्रण गर्न फोमको प्रयोग बारुणयन्त्रकर्मीले गरे पनि फोमको उपलब्धता कम भएकाले नियन्त्रणमा समस्या देखिएको प्रजिअ भट्टराईले जानकारी दिए । उनले वीरगञ्जमा फोम नभेटिएको कारण भारतको मोतिहारी तथा काठमाडौँबाट मगाउने प्रयास भइरहेको बताए ।

आगलागीबाट हुने क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । राति उद्योगमा कोही नभएको बेला बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सकिने प्रहरीको अनुमान रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • जिप दुर्घटनामा ७ जना घाइते

    आदर्श समाज सम्वाददाता असाेज १८, २०८१
    पोखरा, १८ असोज । स्याङ्जाको सिरुबारीबाट पोखरा आउँदै गरेको जिप दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । शुक्रबार…
  • २०९ को मृत्यु, २९ अझै बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । मुलुकभर ३ दिनयता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय ९…
  • हायस दुर्घटना हुँदा ११ घाइते

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । काठमाडौंबाट पाेखरा जाँदै गरेको हायस शिवपुरीस्थित चापाकोटमा दुर्घटना भएको छ । ग १ ख ४५२५ नम्बरको हायस सडकबाट डेढ…
  • बाढी र डुबानमा देशभर ८७ जनाको मृत्यु, ७२ बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १२, २०८१
    पोखरा । नेपालमा पछिल्लो ३ दिनयता लगातार परेको भारी वर्षाले ठूलो धनजनको क्षति हुन पुगेको छ । अकल्पनीय भारी वर्षाका…
  • नवलपुरको ठाउँठाउँमा डुबान

    रामकुमार श्रेष्ठ असाेज १२, २०८१
    नवलपुर । शुक्रबारदेखि अविरल रुपमा परेको पानीले नवलपुरको विभिन्न स्थान डुबानमा परेको छ । गैंडाकोट ७, गैरीस्थित सिकारी टोलमा नारायणी…

hero news full width