कोइराला सम्मानित

आदर्श समाज सम्वाददाता
असार १९, २०७६
kapil-samman_Fotor

रोटरी क्लब अफ पोखरा लेकसाइडले उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालालाई सम्मान गरेको छ।

झण्डै दुई दशकदेखि बजारलाई स्वस्थ र प्रतिष्पर्धी बनाउन खेलेको भूमिकाको कदर गर्दै कोइरालालाई सम्मान गरिएको हो।

उनलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सर्वोत्कृष्ट सामाजिक अभियन्ताको रुपमा सम्मानित गरे।

सम्मानित व्यक्तित्व कोइरालाले स्वस्थ बजार व्यवस्थापनमा व्यवसायी र उपभोक्ता दुवै सतर्क रहनुपर्ने बताए।

Related News

सम्बन्धित समाचार

hero news full width