रोटरी पोखरा लेकसाइडमा थकाली

आदर्श समाज सम्वाददाता
असार १९, २०७६
GHARANA THAKALI_Fotor

रोटरी क्लब अफ पोखरा लेकसाइडको चौथो पदस्थापन समारोह सम्पन्न भएको छ। समारोहमा वर्ष २०१९/०२० को लागि घराना थकाली अध्यक्ष रहेको नयाँ कार्यसमितिले पदस्थापन गरेको छ।

क्लबको निवर्तमान अध्यक्षमा जयराम पौडेल, इलेक्ट अध्यक्ष अर्जुन खनाल, उपाध्यक्ष पम्फा गुरुङ, सचिव दिलेश्वर दाहाल, कोषाध्यक्ष सरस्वती लिगल, सहसचिव टोपबहादुर थापा र सहकोषाध्यक्ष डम्बरकुमारी गुरुङ छन्।

यस्तै, निर्देशकमा योगेन्द्र शर्मा दाहाल, होम आले, शुक्रराज सुवेदी, शोभाकान्त सिग्देल, रोहितराज बास्तोला, सजेर्न्ट एट आम्स कृष्णबहादुर थापा र ३२ जना सदस्य छन्। प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले रोटरी पोखरा लेकसाइडले पोखरामा स्थापना गर्न लागेको मृगौला उपचार केन्द्र निर्माणमा आवश्यक सघाउ पुर्याउने बताए।

क्लब अध्यक्ष जयराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष अर्जुन थापा, वडा ७ का अध्यक्ष रामचन्द्र बराल, डा क्लारा पौडेल, सम्मान समिति संयोजक इ. राजेन्द्र लिगल लगायत बोलेका थिए। कार्यक्रम संचालन सचिव दिलेश्वर दाहालले गरेका थिए।

क्लबको चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठ हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width