निःशुल्क सुरक्षा गार्ड तालिम

एजेन्सी
असार १७, २०७६
e75076efe3c96c5eeeb2e75de43ae7ed_Fotor

गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको आर्थिक सहयोग आयोजित ३५ दिने निःशुल्क सुरक्षा गार्ड तालिम सकिएको छ।

दी गोर्खाज रेञ्जर सेक्युरिटी सर्भिस एण्ड ट्रेनिङ सेन्टर प्रालिको प्राविधिक सहयोगमा आयोजित तालिममा कास्की, स्याङ्जा, तनहँु, बागलुङ, मुस्ताङ लगायत जिल्लाबाट ५१ जना सहभागी थिए।

तालिम समापनमा बोल्दै प्रमुख अतिथि व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका प्रमुख अनिल सुवेदीले युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले स्वरोगजार तालिममा जोड दिइएको बताए।

कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख छन्दनारायण श्रेष्ठ, संचारकर्मी मधु अधिकारी र सहभागीतर्फबाट दिनेश नापित लगायत बोलेका थिए।

दी गोर्खाज रेञ्जर सेक्युरिटी सर्भिस एण्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक महेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशिक्षक चित्रबहादुर थापा र तालिम सुपरभाइजर हरिबहादुर थापाले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width