काठमाण्डौ सिनामङ्गलमा दुर्घटना दुईको अवस्था गम्भीर

रासस
असार १७, २०७६
Sinamangal,_Kathmandu_02

काठमाडौँ, १७ असार । काठमाण्डौको त्रिभूवन विमानस्थल नजिकै अत्यन्त व्यस्त सडक सिनामङ्गलमा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन ।

मंगलवार विहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये दुई गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिए । घाइतेको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हुनेमा १३ पुरुष र चार महिला छन् । दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै