प्रधानमन्त्री कप महिला क्रिकेटमा एपीएफ च्याम्पियन

आदर्श समाज संवाददाता
असार १२, २०७६
PM Cup Womens, APF winner

पोखरा । एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

महेन्द्रनगरको कञ्चनपुरस्थित कभर्डहल क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।

उपाधिसँगै एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । यस्तै, उपविजेता सुदुरपश्चिमले ३ लाख प्राप्त हात पा¥यो ।

सुदुरपश्चिमले दिएको ७२ रनको लक्ष्य एपीएफले १५ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । एपीएफको जितमा इन्दु बर्माले २२, सिता रानामगरले १८ ताता ज्योति पाण्डेले १७ रन जोडि । सुदुरपश्चिमकी जानकी भट्टले २ विकेट लिइन् ।

यसअघि, पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभर खेल्दै ९ विकेट गुमाएर ७१ रन बनाएको थियो । सुदुरपश्चिमका लागि रुबी पोदारले २४ तथा कविता कुँवरले २२ रन बनाइन् । एपीएफकी करुणा भण्डारी र सिता रानामगरले समान ३ विकेट लिइन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेकी एपीएफकी सिता रानामगरले ३० हजार जितिन् । प्रतियोगितामा वेष्ट बलर प्रदेश नम्बर ३ की खुसी डंगोल र वेष्ट ब्याट्सवुमन कविता कुँवर बनिन् । उत्कृष्ट हुनेले समान १५ हजार प्राप्त गरे ।

यसअघि एपीएफले प्रदेश १ लाई हराएर फाइनल पुगेको थियो । यस्तै वर्षाको कारण सुदुरपश्चिम प्रदेश र प्रदेश २ बीचको पहिलो सेमिफाइनल खेल रद्द हुँदा समूह विजेताको रुपमा सुदुरपश्चिमले फाइनल यात्रा गरेको थियो ।

महाकाली स्पोर्ट्स सोसाइटीले आयोजना गरेको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै