घाटको स्तरोन्नति

आदर्श समाज सम्वाददाता
असार ११, २०७६
hemja site nadi photo_Fotor

हेमजा स्थित बाबियाँतरा शुक्लागण्डकी घाट(मरेघाट)को स्तरउन्नती गरिदै। तस्विरःआदर्श समाज

हेमजा स्थित बाबियाँतरा शुक्लागण्डकी घाट(मरेघाट)को स्तरउन्नती जारी रहेको छ। घाट स्तरउन्नति कार्य गत बैशाखबाट सुरु भएको हो।

पोखरा महानगरपालिकाको रु. २५ लाख तथा जहसहभागिता २५ लाख गरी कुल ५० लाखको लागतमा स्तरउन्नती गर्न लागिएको हो। जसअन्र्तगत, शवदह स्थल, २५ मिटर लामो तढ्बन्धन निर्माण, सिमेन्टेड वाल, प्रतिक्षालय लगायतका भौतिक संरचना निर्माण कार्य जारी रहेको छ।

दुई मिटर अग्लो तथा पैने ३ मिटर चाक्लो वाल निर्माण गरिसकिएको छ भने कुल एक सय ५२ घनमिटर जाली भर्ने कार्य यतिवेला भइरहेको छ। घाट निर्माणसँगै त्यस आसपासको करिव २० रोपनी जमिनको पनि संरक्षण हुने निर्माण समितिका अध्यक्ष दानबहादुर थापाले जानकारी दिए। उक्त घाटमा हेमजाको नहरचोकदेखि तिब्वतीयन क्याम्प सम्मका स्थानीयले आफन्तको स्वर्गारोहणमा अन्तेष्ठी गर्ने गर्दछन्। त्यस्तै सो स्थानमा ठुली एकादशीमा तोरण टाग्ने पनि गरिन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width