करेन्ट लागेर युवतीको मृत्यु

रासस
असार १०, २०७६
maxresdefault

दमौली, १० असार । ः तनहुँको म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माधव घिमिरेको घरमा डेरा गरी बस्ने तिलमाला आलेको घरमा पाहुना आएकी थापालाई बिजुलीको होल्डर सार्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते उनको रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width