विश्वकप क्रिकेट – इङल्यान्ड बलियो स्थितिमा

आदर्श समाज सम्वाददाता
असार ४, २०७६
icc-cricket-world-cup-england-v-bangladesh_2a0ecac2-8a0b-11e9-8812-e0f6aa62d95d

म्यान्चेस्टर, ३ असार। इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार इङल्यान्ड र अफगानिस्तानबीचको खेलमा इङल्यान्ड बलियो स्थितिमा पुगेको छ।

टस जिती पहिले ब्याटिङ रोजेको इङल्यान्डले पहिलो इनिङमा ६ विकेटको क्षतिमा ३९७ रनको विशाल स्कोर बनाएको छ। इओन मोर्गनले धुँवाधार ब्याटिङ गर्दै ७१ बलमा १४८ रन बनाएका थिए। उनले आफ्नो इनिङमा १७ वटा छक्का र चार वटा चौका प्रहार गरेका थिए।

इङल्यान्डका लागि जो रुटले ८८ तथा जोनी बेरिस्टोले ९० रन बनाएर आउट भएका थिए। अफगानिस्तानका तर्फबाट गुल्बदिन नाइब र दलत जाड्रानले तीनतीन विकेट लिएका थिए।

विश्वकपको यस संस्करणमा अफगानिस्तानले यसअघि खेलको चारवटा खेलमध्ये कुनै पनि जित्न सकेको छैन। अफगानिस्तान यसअघि अस्ट्रेलिया, श्रीलंका, न्यूजील्यान्ड र दक्षिण अफ्रिकासँग पराजित भइसकेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width