विद्यालयको भवन पुनःनिर्माण

आदर्श समाज सम्वाददाता
असार ३, २०७६
school photo_Fotor

वि.सं २०७२ सालको भूकम्पले क्षति पुर्याएको राष्ट्रिय माविको भवन पुननिर्माण सुरु भएको छ।

जिल्लाको मालिका गाउँपालिका –२ रुममा रहेको राष्ट्रिय माविको भवनको पुननिर्माणको काम सुरु भएको हो। राष्ट्रिय पुननिर्माण प्राधिकरणले भवन पुननिर्माणका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

भूकम्पले पहिलेको भवनमा ठुलो क्षति पुर्याए पछि अहिले पुरानै भवनको स्वरुपमा दुईतलाको भवन पुननिर्माण सुरु गरिएको छ। आर्थिक बर्ष यहि असार मसान्तसम्म भवन पुननिर्माण सम्पन्न हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत रोका मगरले जानकारी दिए।

उनका अनुसार अहिले सम्म ७० प्रतिशत बढी पुननिर्माणको काम सम्पन्न भएको छ। भूकम्पले भवनमा क्षति पुर्याएपछि साँघुरो कक्षा कोठाबाट विद्यालय संचालन गर्न बाध्य भएको प्रध्यानाध्यापक प्रेम घर्ती मगरले बताए। जिल्लाको दुर्गम गाउँमा रहेको विद्यालयमा विद्यार्थीको संख्या बढे पनि पर्याप्त भवन सहित अन्य आवश्यक पुर्वाधार नहुँदा विद्यालय संचालनमा समस्या हुने गरेको प्रअ घर्तीको भनाई छ।

जिल्लाको ९७ वटा भूकम्प प्रभावित विद्यालय मध्ये यो बर्ष अति भूकम्प प्रभावित सूचिमा सूचिकृत भएका राष्ट्रिय माविसंगै २० वटा विद्यालयको भवन पुननिर्माणकलाई अगाडी बढाइएको राष्ट्रिय भूकम्प प्राधिकरण योजना कार्यान्वयन इकाई म्याग्दीका प्रमुख शिवराम गेलालले जानकारी दिए। उनका अनुसार भवनको पुननिर्माण असार मसान्त भित्रमा सम्पन्न हुनेछन्।

Related News

सम्बन्धित समाचार

hero news full width