घाँस काट्दा भिरबाट लडेर सीताको मृत्यु

रासस
असार १, २०७६
photo 1

बाजुरा, १ असार । शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको खप्तड छेडेहद गाउँपालिका–६ की सीताकुमारी पाध्याय रहेकी छन ।

गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्न गएको बेला चिप्लेर भिरबाट लड्दा उनको घटनास्थमै मृत्यु भएको उनका दाजु दिल्ली पाध्यायले जानकारी दिए । उनी वडिमालिका नगरपालिका–१ पिनालेखमा रहेको जाल्पादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन ।

Related News

सम्बन्धित समाचार

hero news full width