कराँतेमा सैनिक च्याम्पियन – राष्ट्रपति रनिङ शिल्ड

आदर्श समाज सम्वाददाता
असार १, २०७६
Rastrapati Runnin shield_Fotor

पोखरा महानगर अन्तरविद्यालय रनिङ शिल्डअन्तर्गत कराँतेमा टिम च्याम्पियन बन्न सफल सैनिक आवासीय विद्यालयका विजेता खेलाडीलाई ट्रफी प्रदान गर्दै खेलकुद विकास समिति गण्डकीका अध्यक्ष सम्पन्न श्रेष्ठ। तस्वीर सौजन्य : प्रकाश बराल

पोखरामा जारी प्रथम विद्यालयस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा कराँतेतर्फ सैनिक आवासीय महाविद्यालय टिम च्याम्पियन बनेको छ। सैनिकले कराँतेमा २ स्वर्ण १ रजत र ३ कास्य जितेको छ।

बाल मन्दिरले २ स्वर्ण, १ कास्य गरी दोस्रो र शिवशक्ति माविले १ स्वर्ण २ रजत र १ कास्य गरी तेस्रो बनेको छ। पोखरा रंगशालामा जारी रनिङ शिल्डअन्तर्गत कराँतेको ४२ केजी छात्रतर्फ सैनिक आवासीय महाविद्यालयका उज्ज्वल बस्नेत प्रथम, सैनिक आवासीय महाविद्यालयकै आयुष केसी द्वितीय, सैनिक आवासीय माविकै प्रविण केसी र हिमाली बाल स्कूलका भाग्यनारायण महतो तृतीय बने।

छात्रतर्फकै ४७ केजी तौल समूहको कराँतेमा राइजिङ स्टार बोर्डिङ स्कूलका अभिषेक माल प्रथम, न्यु डायमण्ड बोर्डिङका जीवन मगर द्वितीय, सैनिक आवासीय महाविद्यालयका मन्दिप पन्त र हिमाली बाल स्कूलका सुदिप गुरुङ तृतीय बने। छात्रतर्फ ५२ केजी तौल समूहको कराँतेमा महेन्द्र माविका बलराम अधिकारी प्रथम, शिवशक्ति माविका रोहित राई द्वितीय, शिवशक्ति माविकै विधान गुरुङ र मदरल्याण्ड स्कूलका प्रदिप शर्मा तृतीय बने।

छात्रतर्फको एकल कातामा सैनिक आवासीय महाविद्यालयका उज्ज्वल बस्नेत प्रथम, महेन्द्र माविका बलराम अधिकारी द्वितीय र राइजिङ स्टारका अभिषेक माल तृतीय बने।

छात्रातर्फको ४० केजी तौल समूहको कराँतेमा शिवशक्ति माविकी रुबिना साहनी प्रथम, कालिका माविकी रञ्जिता गुरुङ द्वितीय, हिमाली बाल स्कूलकी अस्मिता नेपाली र कालिका माविकी जेनिशा कार्की तृतीय बने।

त्यस्तै, छात्रातर्फकै ४५ केजी तौल समूह कराँतेमा बाल मन्दिरकी मसिना राई प्रथम, शिशु निकेतनकी सिम्रन शर्मा द्वितीय, सैनिक आवासीय महाविद्यालयकी एलिना राउत र हिमाली बाल स्कूलकी सिम्रिका मानान्धर तृतीय बने।

छात्रातर्फकै ५० केजी तौल समूह कराँतेमा शिशु निकेतनकी विपिना शर्मा प्रथम, शिवशक्ति माविकी प्रसिद्धि रोक्का द्वितीय, बाल मन्दिरकी दुर्गा सुनार र मनकामना बोर्डिङकी हिमाली पुर्जा तृतीय बने।

छात्रातर्फकै एकल कातामा बाल मन्दिरकी मसिना राई प्रथम, शिवशक्ति माविकी रुबिना साहनी द्वितीय र शिशु निकेतनकी विपिना शर्मा तृतीय बने।

रनिङ शिल्ड प्रतियोगिताको एथ्लेटिक्सतर्फ शनिबार छात्रछात्रा दुवै तर्फ १ सय, ८ सय मिटर दौड र शटपुटका खेलहरु सम्पन्न भएका छन्। छात्रतर्फको १ सय मिटर दौडमा लक्ष्मी आदर्श माविका सुदिप जोशी प्रथम, कुमुदिनी होम्सका सागर नेपाली द्वितीय र सैनिक आवासीय महाविद्यालयका विपीन थापा तृतीय बनेका छन्। छात्रतर्फकै ८ सय मिटर दौडमा प्रतिभा बोर्डिङका विवेक अधिकारी प्रथम, टप्स बोर्डिङका सुन्दर श्रेष्ठ द्वितीय र सैनिक आवासीय महाविद्यालयका आयुष खड्का तृतीय बनेका छन्।

छात्रातर्फको १ सय मिटर दौडमा गौरीशंकर माविकी अनिषा भण्डारी प्रथम, कास्की मोडर्नाइज्डकी कुशुम गुरुङ द्वितीय र टप्स बोर्डिङकी आस्था केसी तृतीय बनेकी छन्।

छात्रातर्फकै ८ सय मिटर दौडमा टप्स बोर्डिङकी सविना बानु प्रथम, भद्रकाली माविकी सुजाता बराल द्वितीय र चिल्ड्रेन्स एकेडेमीकी अर्पिता गुरुङ तृतीय बनेकी छन्।

छात्रतर्फको सटपुटमा जनप्रिय माविका सरोज कुमाल प्रथम, कास्की मोडर्नाइज्डका विषम थापा द्वितीय र सैनिक आवासीय महाविद्यालयका सरोज रम्तेल तृतीय बने। छात्रातर्फ सटपुटमा भद्रकाली माविकी सोनु नेपाली प्रथम, टप्स बोर्डिङकी ममता डगौरा द्वितीय र सैनिक आवासीय महाविद्यालयकी स्मीता घिमिरे तृतीय बनिन्।

Related News

सम्बन्धित समाचार

hero news full width