बृहत निःशुल्क स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
असार १, २०७६
lady jesis_Fotor

पोखरा लेडी जेसिजको सप्ताहब्यापी कार्यक्रमको दोस्रो दिन शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

पोखरा–२४ को सहकार्यमा संचालित उक्त कार्यक्रम, कास्कीकोट स्थित वसन्त आधारभूत बिद्यालयमा संचालित भएको थियो। स्थानीयलाई लक्षित गरी आयोजित सो कार्यक्रममा पोखरा–२४ का कार्यवाहक अध्यक्ष अन्निधर त्रिपाठीको प्रमुख आतित्थ्यता भएको थियो।

पोखरा लेडी जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी सपना गिरीको अध्यक्षता रहेको उक्त कार्यक्रममा हाम्रो परिवर्तन नेपालका अध्यक्ष एवं पश्चिमान्चल क्षेत्रीय अस्पतालका डा. ढाका श्रेष्ठ, रहेका थिए।

कार्यक्रम पोखरा लेडीबर्ष २०१९ का सचिब लक्ष्मी अधिकारीले संचालन गरेकी थिइन। जेसी अनिता थापाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए।

जेसीज सप्ताह अन्तर्गतका सातै दिनका कार्यक्रको बारेमा यसै कार्यक्रमका मूल संयोजक एवं पोखरा लेडी जेसीज बर्ष २०१९ का कार्यकारिणी उपाध्यक्ष जेसी शोभा भुजेलले जानकारी दिइन्। हाम्रो परिवर्तन नेपालको प्रविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा बालबालिका, युवा बृद्धबृद्धा गरी करिव ३०० जना लाभान्वित भएका छन टेष्ट, शिविरमा मेडिकल, हाडजोर्नी, नशा, स्त्री रोग, बालरोग सम्बन्धी परीक्षण का साथै औषधी, ल्याब टे ई.सी.जि आदि सेवाहरु उपलब्ध थिए। पोखरा लेडी जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी सपना गिरीले समापन मन्तयका राखेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width