कानूनी सचेतना तथा महिला शशक्तिकरण तालिम

आदर्श समाज सम्वाददाता
जेठ ३२, २०७६
61966829_2563815996971151_1466655929138151424_n

पोखरा,३२ जेठ । बौदीकाली गाउँपालिका,नवलपुरको आयोजनामा कानूनी सचेतना तथा महिला सशक्तिकरण सम्वन्धीे तालिम सम्पन्न भएको छ ।

वडाका विभिन्न स्थानमा गरि दश दिनको तालिम सम्पन्न भएको हो । गाँउपालिकाको कार्यपालिका सदस्य तथा वडा महिला सदस्य सहित अगुवा महिलाहरुलाई दुई÷दुई दिनको कानूनी सचेतना तथा शशक्तिकरण तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटनगर्दै गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाले गाउँपालिकाले सम्पन्न गरेका गतिविधिका बारेमा वताउदै आगामी दिनका योजनाका वारेमा समेत जानकारी गराए ।

त्यस्तै समापन गर्दै गाँउपालिकाका उपाध्यक्ष मायादेवी श्रेष्ठले महिला शशक्तिकरणका लागि गाँउपालिकाले आगामी दिनमा समेत योजना बनाउने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली योजना शाखा प्रमुख ज्ञानराज कँडेल, वडा नं २का अध्यक्ष बालप्रसाद ठाडा, वडा नं ४का अध्यक्ष मनवहादुर सारु, ६का अध्यक्ष नेमबहादुर थापा, वडा सचिव लालबहादुर खत्री र नारायणप्रसाद ओझा लगायतले सिकेका कुरा व्यवहारमा उतार्न समेत अनुरोध गरे ।

तालिममा नेत्तृत्व विकास तथा कानूनी सचेतनावारे पत्रकार तथा अधिवक्ता सुष्मा पौडेलले र न्यायिक समितिका वारेमा ज्ञानराज कँडेलले सहजीकरण गरे । त्यस्तैगरि महिला सञ्जाल नं २ डेढगाउँ र वडा नं ४ रुचाङ्गको आयोजनामा तीन÷तीन दिनको उद्घोषणकला तथा नेत्तृत्व विकास सम्वन्धी तालिम समेत सम्पन्न भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width