शैक्षिक सामाग्री वितरण

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७६
jVGq8iuVW8170205065416

पोखरा, ३१ जेठ । नेपाल टे्ड युनियन काँग्रेस गण्डकी प्रदेशद्वारा रुपा–४ मा कक्षा १ देखि १० कक्षा सम्म पढ्ने सम्पूर्ण विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपाल कारखाना श्रमिक संघ राष्ट्रिय समितिका उपमहासचिव केशवराज भट्टराई ,नेपाल टे्ड युनियन काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष घनश्याम रेग्मी ,नेपाली काँग्रेस कास्कीका क्षेत्रीय सदस्य लक्ष्मण थापा,नेपाली काँग्रेस ईकाई सिद्ध इकाईका सभापति राजन ठकुरी,स्थानीय वु्द्धिजीवी राजेन्द्र रेग्मी , रुपा–४ का वडा अध्यक्ष मुकुन्द वंशी ठकुरी,विद्यालयका प्रध्यानाध्यापक नारायण प्रसाद सुवेदी सहभागी थिए ।

उक्त अवसरमा बोल्दै नेपाल टे्ड युनियन काँग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले शिक्षाको गुणस्तर विकास गर्न निजि विद्यालयको मात्र हैन गाउँमा रहेका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि भए मात्र समग्र शिक्षाको विकास हुने बताए ।

ग्रामीण क्षेत्रका विद्यालयहरुको गुणस्तर वृद्धि गर्न नेपाल टे्ड युनियन काँग्रेस गण्डकी प्रदेश सधैं लागि परिरहने प्रतिवद्धता व्यक्त गरे । उक्त कार्यक्रमको संचालन विद्यालयका शिक्षक बामदेव ओझाले गरेका थिए । कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामराज घिमिरेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width