परिवर्तित शिक्षा नियमबारे अन्तर्क्रिया

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७६
lekhnath_Fotor

परिवर्तित शिक्षा नियम तथा संघ र प्रदेशले ल्याउन लागेका नीति नियमबारे जानकारी दिने उदेश्यले विहीवार अन्तत्र्रिmया गरिएको छ।

लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा लेखनाथ नगर क्षेत्रका निजी विद्यालयका संचालक तथा प्रिन्सिपलको सहभागिता थियो।

कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले देश आर्थिक उदारीकरणमा प्रवेश गरिसकेकाले अब सही कार्ययोजना साथ अगाडि बढ्नुपर्नेमा जोड दिए।

निजी शिक्षामा लगानी, दायित्व र अधिकार विषयमा छलफल गरी अगाडि बढ्न प्रदेश सरकार तयार रहेको र नीति नियम बनाउनेक्रममा सरोकारवालाका सुझाव समेटेर बनाइने उल्लेख गरे।

इलाका प्रशासन कार्यालय लेखनाथ प्रमुख चित्राङ्गत बरालले उत्पादकत्व, दक्षता र व्यवहारिकतामा जोड दिँदै निजी क्षेत्रका शिक्षालयले सृजनशीलता, बौद्धिकता र संघर्षमा जोड दिनुपर्ने बताए।

लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले सरकारी विद्यालय स्तरोन्नतिलाई पहिलो प्राथमिकता दिँदै निजी क्षेत्रप्रतिको नकारात्मक धारणा अन्त्य गर्नुपर्नेमा जोड दिए।

संघ पूर्व अध्यक्ष बाबुराम गिरीले लगानी पलायन हुने स्थिति आउन दिन नहुने सुझाव दिए।

प्याव्सन कास्की अध्यक्ष प्रेमप्रसाद शर्माले निजी विद्यालय रहने वा नरहने सुनिश्चितता हुनुपर्ने र अवसरमा विभेद गरिन नहुने बताए।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका योजना अधिकृत विश्वराज आचार्यले शिक्षा नियमावली, २०७४ मा उल्लेखित २३ वटा बुँदाबारे जानकारी दिँदै निजी शैक्षिक संस्थासँग महानगर सहकार्य गर्दै अगाडि बढिरहेको बताए।

संघ अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष छत्रधर आत्रेयले स्वागत र महासचिव भरतकुमार अधिकारीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width