पोखरा, २७ जेठ । लिफ्टिङ प्रविधि मार्फत् पोखरा –१८ मेथलाङमा एक घर एक धारा संचादलनमा आएको छ ।
पोखरा महानगरपालिका र अन्य सरकारी निकायको आर्थिक सहयोगमा कुसुन्डे मेथलाङ लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो । ३५ लाखको लागतमा सम्पन्न भएको उक्त योजनाबाट ४० घर परिवारलाई एक÷एक धारा उपलब्ध गराइएको कुसुन्डे मेथलाङ लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नमराज सुवेदीले जानकारी दिए । उक्त कार्यको लागि महानगरले २२ लाख ७० हजार सहयोग गरेको छ ।
उनका अनुसार सराङकोटकै कुसुन्नेको मूलबाट पानी लिफ्टिङ गरी मेथलाङमा पानी वितरण गरिएको हो । मूल भएको ठाउँमा कलेक्सन, रिजर्भ ट्यांकी र पानी तान्ने मोटर राखिएको सुवेदीले जानकारी दिए ।
पानी मेथलाङमा पु¥याउन करिब ६ सय ५० मिटर जीआई पाइप विछ्याइएको र मेथलाङमा ५० हजार लिटर क्षमताको पानी ट्यांकी बनाएर घर÷घरमा पानी वितरण गरिएको कार्यक्रम संयोजक गणेश देवकोटाले बताए ।
साविक सराङकोट ६ मा पर्ने मेथलाङमा गोठादीबाट पानी ल्याइएको भएपनि प्रर्याप्त थिएन ।एउटा धाराबाट ८ घरलाई पानी पु¥याउनु पर्ने वाध्यता थियो । पुरानो खानेपानी लाइन भएकाले बेला÷बेलामा समस्या आउने र पानी लिनका लागि डेड घण्टा टाढा स्यानीमूल सम्म पुग्नुपर्ने अवस्था थियो ।
अब भने पानीको समस्या हटेको अध्यक्ष सुवेदीले बताए । उक्त खानेपानी आयोजना जेठ ३२ गते पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
पोखरा महानगरपालिकामा गाभिएका साविकका गाविसमा पिउने पानीको समस्या भएका ठाउँहरुमा एक घर एक धारा पु¥याउने गरी काम अघि बढेको प्रमुख जिसीले बताए । विभिन्न वडामा गरी चालु आर्थिक वर्षमा ४४ वटा खानेपानीका योजना मार्फत् एक घर एक घारा पु¥याउने काम अगाडि बढेको हो ।
योजना मध्ये केही पुराना खानेपानीका योजनालाई मर्मत गर्ने कार्यपनि अन्तिम चरणमा पुगेको छ । निर्वाचनको बेला गरिएको प्रतिबद्धता अनुसार नै महानगरमा पानीको समस्या भएका ठाउँमा एक घर एक धारा पु¥याउने कार्यलाई आगामी वर्षको बजेटमा पनि प्राथमिकता दिइने जिसीले बताए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१