रामपुर, २७ जेठ । पाल्पाको निस्दी गाउँपालिकाका जङ्गलबाट ल्याइएको च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये दुई जनाको ज्यान गएको छ ।
जङ्गली च्याउ पकाएर तरकारी खाएका निस्दी – ३ का ११ जना बिरामीमध्ये नौ वर्षका निर्मलासिं ठकुरीको शनिबार तथा सोमबार चारवर्षीय विष्णुसिं ठकुुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बिरामीमध्ये अन्य नौ जनालाई थप उपचारका लागि भरतपुर चितवन सिफारिश गरिएको छ । नवलपरासीको मध्यविन्दु अस्पतालमा उपचार भइरहेका नौ जनाको मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।
बिरामी ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ३६ वर्षीया चनकुमारी, १५ वर्षीया छोरी विमला, ८० वर्षीय प्रेमसिं ठकुरी, ३० वर्षीया दानमायासिं ठकुरी, सात वर्षीय सुमनसिं, धनकुमारी सिं, निशासिं र निरुतासिंको अवस्था सुधारोन्मुख रहेको प्रहरीको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१