साधारण सभा सम्पन्न

Avatar आदर्श समाज सम्वाददाता
जेठ २६, २०७६

पोखरा, २६ जेठ ।फूलबारी मणिपाल–काहूँ धरहरा सडक उपभोक्ता समिति पोखरा–११ को १० औ साधारण सभा शनिबार सम्पन्न भएको छ ।

प्रमुख अतिथि वडा अध्यक्ष मोहन प्रसाद बास्तोलाले मुख्य बाटो सबै पिच भएको हुँदा यसको संरक्षणमा आम समुदायहरुको मुख्य जिम्मेवारी हुनु पर्ने कुरा औल्याउनुका साथै बाँकी रहेका कच्चि शाखा बाटो पनि क्रमश पक्कि हुदै जाने प्रतिबद्धता व्यक्त गरे ।

समितिका अध्यक्ष सु.इन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा काँहुका निर्वतमान गा.वि.स अध्यक्ष चित्रप्रसाद लामिछाने, नेकपा वडा नं.११का अध्यक्ष नारायणप्रसाद आचार्य, वडा सदस्य मिनबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

बाटो निर्माण क्रममा महत्वपूर्ण योगदान दिए वापत बोधराज घिमिरे, चित्रप्रसाद लामिछाने, सूर्यप्रसाद आचार्य, पूर्णबहादुर बि.क र कुमार क्षत्रीलाई सम्मानित गरेको कार्यक्रममा कोषाध्यक्ष खड्गबहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै स्वागत मन्तव्य उपाध्यक्ष बद्रीनाथ घिमिरे र सञ्चालन सचिव गंगा आचार्यले गरेकी थिइन ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

हरितालिका तीजका अवसरमा सरसफाइ

आज क्वाँटी खाने दिन, यसरी बनाऔं

स्थानीय सरकारको जवाफदेहिता प्रवद्र्धन अन्तरक्रिया

प्रमुख समाचार

परिवर्तन बिरोधीहरु राजतन्त्र फर्काउने कसरतमा छन्– नेपाल