विश्व वातावरण दिवसमा पोखरा–२७, लक्ष्मी आदर्श मावि परिसरमा वुधवार कपुर, धुपि लगायत विभिन्न जातका बिरुवा रोपिएको छ।
सवडिभिजन वन कार्यालय डाँडाकोनाकको संयोजनमा डिभिजन वन कार्यालय कास्की, पौरखे कालिमाटी सुन्दरीडाँडा सामुदायिक वन उपभोक्ता समूह, पचभैया सामुदायिक वन उपभोक्ता समूह र ईन्द्रेणी सःमिल गगनगौंडाको आर्थिक सहयोगमा वृक्षरोपण गरिएको हो।
कार्यक्रममा इलाका प्रशासन कार्यालय ढुंगेपाटनका प्रमुख चित्राङ्गत बरालले वृक्षरोपण कार्यक्रम सरकारको प्राथमिकतामा पनि रहेकोले एक घर एक बिरुवाको अवधारणा ल्याइएको जनाए। उनले अहिले सांकेतिक रुपमा वृक्षरोपण शुरु भएको र वषैर्भरि यस्ता कार्यक्रम संचालन गरिने बताए।
कार्यक्रममा वडाध्यक्ष पूर्णकुमार गुरुङ, इलाका प्रहरी कार्यालय डाँडाकोनाकका डिएसपी मोहनबहादुर खाँण, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय शिशुवाकी सविता, सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवाका संस्थापक अध्यक्ष मोति गिरी, सामुदायिक वन उपभोक्ता महासंघका कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने लगायतले सहभागी भएर वृक्षरोपण गरेका थिए। सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवाका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा आयोजित कार्यक्रममा लेखनाथ सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले स्वागत गरेका थिए।
कार्यक्रम सञ्चालन केन्द्रका सचिव त्रिलोचन लामिछानेले गरेका थिए। वृक्षरोपण कार्यक्रम अघि सवडिभिजन वन कार्यालय डाँडाकोनाकबाट विभिन्न संघसंस्थाका प्रतिनिधि, युवा क्लव, महिला समूह लगायतको सहभागितामा प्रभातफेरी निकालिएको थियो।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१