मर्जमा जानै लागेको स्याङ्जाको एक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ थालेपछि विद्यार्थी संख्या बढेको छ। जसबाट मर्ज रोकिनुका साथै विद्यालयमा थप कक्षा प्रक्रियासमेत शुरु भएको छ।
फेदीखोला गाउँपालिका–१ स्थित खोरथापे आधारभूत विद्यालयमा गाउँपालिका र वडा कार्यालयले सहयोग प्रतिबद्धता जनाएका छन्। जसका कारण विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनुका साथै भौतिक पूर्वाधारमा सुधार भएकोले टाढाटाढाबाट समेत विद्यार्थी यहाँ पढ्न आउन थालेको वडाध्यक्ष खिमबहादुर क्षत्रीले जानकारी दिए। क्षत्रीले भने, ‘विद्यार्थी एकदमै न्यून रहेपछि नजिकैको विद्यालयसँग गाभिन लागेको विद्यालयमा अभिभाकसँगको छलफल र शैक्षिक गुणस्तर वृद्धिमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धतासँगै विद्यार्थी बढाउन सकियो । ’ उनले थपे, ‘गाउँपालिकाको योजना र वडाको निर्णयमा स्थानीय अभिभावकको पूर्ण सहयोग पायौं। ’
विद्यालयमा यसअघि कक्षा ३ सम्ममात्रै पठनपाठन हुँदैआएकोमा कक्षा ४ को पठनपाठन सुरु भएको छ। विद्यालय व्यवस्थापन समिति, अभिभावक, वडा कार्यालयबीच छलफलमा गाउँपालिकाले भौतिक तथा शैक्षिक संरचनामा सहयोग गर्ने प्रतिबद्धता गरेको गाउँपालिका प्रमुख घनश्याम सुवेदीले बताए।
उनका अनुसार गाउँपालिकाले स्थानीय नियमावली अनुसार विद्यालयमा कक्षा ५ सम्मै पठनपाठन हुने गरी थप कक्षा सञ्चालनार्थ १६ लाख रकम विनियोजन समेत गरेको छ। विनियोजित रकम दुईकोठे भवन निर्माणमा खर्च गरिनेछ।
‘शैक्षिक गुणस्तर वृद्धिका लागि भौतिक पूर्वाधारमा हाल ५० हजार सहयोग गरेका छौं, बालविकास कक्षामा अध्यापन गराउने शिक्षकलाई प्रोत्साहनस्वरुप मासिक १ हजार थप गर्ने लगायत सुविधा गाउँपालिकाले उपलब्ध गराउँछ। जसबाट शैक्षिक गुणस्तरमा महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ, ’ सुवेदीले भने। उनै सुवेदीले गत वर्षमात्रै सार्वजनिक सुधार गर्न आफैबाट सुरुवात गर्नुपर्छ भन्दै आफ्ना २ जना छोराछोरीलाई निजी विद्यालयबाट फेदीखोला गाउँपालिकाको सामुदायिक विद्यालयमा भर्ना गराएका थिए।
यता, विद्यालय प्रअ सरिता गुरुङले गाउँपालिकाको सहयोगले विद्यालयको वातावरण नै बैग्लै भएको बताइन्। सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्न शुरु गरेपछि अभिभावकसमेत आफ्ना छोराछोरी यहाँ भर्ना गराउन आकर्षित भएको उनले बताइन्। यसअघि ३० जना विद्यार्थी रहेकोमा बढेर ४० जना पुगेको हो।
नेपाली माध्यममा पढाइ हुँदैआएकोमा भौतिक सुधारसँगै अंग्रेजीमा पढाइ सुरु भएपछि सामुदायिक विद्यालयलाई हेर्ने अभिभावकको यसअघिको सोचाइ हाल परिवर्तन भएको पाएकी छु’ उनले भनिन्, ‘अंग्रेजी माध्यमको विद्यालय जान करिब १ घण्टाको पैदल जानुपर्ने बाध्यता पनि हटेको छ। ’
सरोकारवालासँगको बृहत् छलफलपछि नजिकैका गाउँका विद्यार्थी समेत खोरथापे विद्यालयमा भर्ना भएको उनले बताइन्।
२०५२ सालमा स्थापित सो विद्यालयमा चाउकेस्वाँरा, विर्ता, खड्कागाउँ, सराङ्दी, पहिरे लगायत गाउँबाट विद्यार्थी पढ्नका लागि आउने गरेको प्रअ गुरुङले जानकारी दिइन्।
Related News
सम्बन्धित समाचार
प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा
भ्रष्टाचारविरुद्ध जनयुद्धको जस्तै मानसिकतामा छु, हेर्नुहोला अझै ठूल्ठूला एक्सन हुन्छन् : प्रधानमन्त्री दाहाल
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
व्यवस्थित बन्दै बागलुङको पुरानो सदरमुकाम ‘हरिचौर बजार’
व्यास नगरपालिकामा ५६ प्रतिशत योजना सम्पन्न
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०