प्रेस युनियन कास्कीमा अवार्ड स्थापना

रासस
जेठ ७, २०७६
deuba-3

g]kfnL sfFu|];sf ;efklt Pj+ k”j{ k|wfgdGqL z]/axfb’/ b]pjf d+unaf/ k|]; o’lgog sf:sLåf/f kf]v/fdf cfof]lht kqsf/ e]63f6 sfo{qmddf af]Nb} . t:jL/ M xl/ af:tf]nf, kf]v/f, /f;;

पोखरा, ७ जेठ । नेपाल प्रेस युनियन कास्कीले कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ अवार्ड स्थापना गरेको छ ।

कार्यसमितिका पदाधिकारी एवं सदस्यमध्ये उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने गरी अवार्ड स्थापना गरिएको हो । कार्यसमितिका अध्यक्षबाहेक अन्य पदाधिकारी एवं सदस्यलाई प्रदान गरिने अवार्डको राशि रु पाँच हजार नगदसहित प्रशंंसापत्र रहेको युनियन कास्कीका सचिव प्रदीप पौडेलले जानकारी दिए ।

नेपाल प्रेस युनियनको २८औँ स्थापना दिवसको अवसरमा जेठ १३ गते पोखरामा अवार्ड प्रदान गरिनुका साथै वर्तमान अवस्थामा प्रेस स्वतन्त्रताको अवस्था र प्रेस युनियनको भूमिका विषयक अन्तरक्रिया गरिने उनले जानकारी दिए । कार्यक्रमको तयारीका लागि सदस्य सन्तोष सुवेदी संयोजक तथा विजय नेपाली, सुवाष आचार्य, अनिषा श्रेष्ठ र कमल पौडेल सदस्य रहेको समिति गठन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width