दमौली, ६ जेठ । तनहुँको भिमाद नगरपालिकामा ल्याण्डफिल्ड लाइटको अभावमा बस्ती नजिकै फोहरमैला फालिँदा स्थानीयवासी मर्कामा परेका छन । भिमाद बजारमा सङ्कलित फोहरमैला भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानास्थित सेती नदीको तिरमा फालिँदा स्थानीयवासी मर्कामा परेका हुन ।
स्थानीयवासी एकबहादुर रानाले फोहर जलाएको धुवाँ र दुर्गन्धले गर्दा यहाँका स्थानीयवासीलाई सास्ती भएको बताए । उनले भने “नदी छेउमा खुलारुपमा फालिएको फोहरले वातावरणलाई प्रदूषित बनाएको त छ नै, फोहरलाई व्यवस्थापन गर्न गलत तरिका अपनाएर आगो लगाई दिँदा दुर्गन्धले बस्तीमा बसि नसक्नुभएको छ ।”
भिमाद नगरपालिकाले स्थापना भएको दुई वर्ष बितिसक्दा पनि फोहर फाल्ने उचित ठाउँको व्यवस्थापन गर्न सकेको छैन । अव्यवस्थित तवरले नदी छेउमा खुलारुपमा फोहर फ्याँक्ने गरिएको छ । नदी छेउमा फ्याँकिएको फोहरलाई खाडलमा पुरेर व्यवस्थापन गर्नुको सट्टा जलाउने गर्दा धुवाँको मुस्लो र दुर्गन्धले स्थानीयवासी हैरान भएका छन ।
नगरपालिकाले फोहर व्यवस्थापन गर्ने जिम्मा तनहुँ उद्योग वाणिज्य सङ्घ भिमाद बजार एकाइलाई दिइएको छ । एकाइ सभापति चतुर्भुज सुवेदीले भने व्यवस्थित तरिकाले नै फोहरको डम्पिङ गर्ने गरेको बताए । उनले भने, “बजारमा सङ्कलित फोहरलाई सेतीको तिरमा लगेर पुर्ने गरेका छौँै । कवाडी सङ्कलन गर्नेले आगो लगाइदिने गरेका रहेछन ।”
उनका अनुसार फोहर फाल्न उक्त ठाउँलाई छनोट गर्दा बस्ती थिएन । अहिले बस्ती बाक्लिदै गएपछि स्थानीयवासी प्रभावित भएको आफूहरुले पनि महसुस गरेको उहाँले जानकारी दिए । उनका अनुसार फोहर फाल्नलाई वैकल्पिक स्थानको खोजी भइरहेको छ । उनले भने “ल्याण्डफिल्ड साइट बनाउन नगरसँग प्रस्ताव गरिएको छ । जग्गाको खोजी भइरहेको छ ।”
भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले फोहर व्यवस्थापन गर्न ल्याण्डफिल्ड साइट निर्माण गर्न जग्गाको खोजी गरिएको बताए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१