पूर्वराज परिवार बैंकक उडे

एजेन्सी
जेठ ६, २०७६
gyanendra-and-himani

पोखरा, ६ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित थाइल्याण्डको बैंकक उडेका छन्। आइतबार उनी पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानीसहित थाइ एयरवेजको विमान चढेर बैंकक उडेका हुन्। ।

पूर्वराजाका स्वकीय सचिव मणि पाठकका अनुसार पूर्वराजा सपरिवार बैंकक गए पनि कति दिन त्यहाँ बस्ने भन्ने अहिले खुलेको छैन।

उनले भने, ‘उहाँहरू स–परिवार बैंकक जानुभयो। कहिले स्वदेश फर्कनुहुन्छ भन्ने थाहा छैन।’पारस–हिमानीका छोरीहरू कृतिका र पूर्णिका अध्ययन गरिराखेको शैक्षिक संस्थाको दीक्षान्त समारोहमा सहभागी हुन पूर्वराजाका परिवार बैंकक गएका हुन्। । उनीहरू करिब एक महिना बैंकक रहने कार्यक्रम छ।

Related News

सम्बन्धित समाचार

hero news full width