पोखरा, ४ जेठ । होटल प्रतिनिधि समाज पोखराले आफ्ना सल्लाहकारलाई सम्मान गरेको छ । समाजले शनिबार एक कार्यक्रमको आयोजना गरी सस्थां प्रति गरेको योगदानको उच्च कदर गर्दै सम्मान गरेको हो ।
संस्थाका मिडिया सल्लाहकार गणेश पहारी, याम प्रसाद गुरुङ, पर्यटन ब्यवसायी गणेश भट्टराई,पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन ,पूर्व अध्यक्ष तथा पश्चिमाञ्चल होटल संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुबेदी, कृष्ण के.सी, हरिकुमार गुरुङ, विष्णु गरुङ त्यसैगरी सन्तु चौधरी, दीपेन्द्र पहारी, पश्चिमाञ्चल होटल संघका महासचिब गणेशराज पहारी, कानुनी सल्लाहकार शोभा पौडेल पराजुली र हिमलाल पौडेललाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल होटल संघ पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण सुबेदीले प्रतिनिधि समाजका प्रतिनिधिहरु पर्यटकका राजदुत भएको बताएका छन । उनले जहिले सम्म नेपाल सहित पोखरामा पर्यटकको आगवन भइरहन्छ, तो समय सम्म प्रतिनिधि समाज रहने उल्लेख गरे ।।
निर्वतमान अध्यक्ष नगेन्द्रबहादुर थापाले पर्यटकलाई बाटो देखाउने हाम्रो कामले पोखरा सहित राष्ट्रको गौरब बढाएको बताए । अध्यक्ष राजकुमार गुरुङले समाजमा रहेको सम्पूर्ण सदस्य एक भएर अगाडी बढेमा संस्था मजबुत हुने बताउदै सस्थाको ह हितका लागि अग्रजहरुको सल्लाह अनुसार नै अगाडी वढ्ने प्रतिबद्धता ब्यक्त गरे ।
उपाध्यक्ष नारायणहरी पौडेलले स्वागत मनतब्य राखेको कार्यक्रममा पूर्व अध्यक्ष दीपेन्द पहारी लगाएतका ब्यक्तिहरुले आफ्ना भनाई राखेका थिए ।
गणेश पहारी
Related News
सम्बन्धित समाचार
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
प्रधानसम्पादक बास्तोला सम्मानित
बगनासकालीको वार्षिक समीक्षा
करेन्ट लागेर ससुरा–बुहारीसहित ३ जनाको मृत्यु
चुनाव मिति आज तोकिने
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९संघीय संसद् र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा
श्रावण १९, २०७९