दलित मानसिकता तोड

श्रीभद्र पौडेल
जेठ ३, २०७६
hemja progrem photo_Fotor

दलित मानसिकता तोड्नुपर्ने एक कार्यक्रमका वक्ताको जोड छ।

दलित सञ्जाल समिति, हेमजाको आयोजनामा विहीवार शुरु दलित अधिकार तथा कानूनी व्यवस्था अभिमुखीकरण कार्यक्रमको उद्घाटनसत्रका वक्ताले सो कुरामा जोड दिएका हुन्।

प्रमुख अतिथि पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले संविधानले सबै जनतालाई समान अधिकार दिएको चर्चा गर्दै दलित समुदायले दलित भावना र मानसिकता भने तोड्नुपर्नेमा जोड दिए।

दलित भनेको तल्लो दर्जाको नागरिक होइन र त्यस्तो सोच्न पनि हुँदैन भन्दै वडाध्यक्ष तिम्सिनाले त्यस समुदायको जागरणको खाँचो भने औँल्याए। लामो समयदेखि चल्दै आएका कु–प्रथाहरु समयको परिवर्तनसँगै विस्तारै हट्दै जाने उनको तर्क थियो। प्रशिक्षक अधिवक्ता शिव सुनारले विभेदबीच नेपाल समृद्घ बन्न नसक्ने जनाउँदै समृद्घिका लागि समाजका रहेका कुप्रथालाई तोड्नुपर्नेमा जोड दिए। वडासचिव ईश्वरीप्रसाद पोखरेलले दलित समुदाय आफै जागरुक बनी अधिकारका लागि लड्नुपर्ने भनाइ राखे। उनले कार्यक्रमबाट प्राप्त ज्ञान व्यवहारमा उतार्न सहभागीलाई सुझाव पनि दिए। नेकपा गण्डकी प्रदेश सदस्य कृष्ण नेपालीले विगतमा दलित अधिकारको कुरा गर्दा थप्पड खाएको स्मरण गर्दै छुवाछूत अपराध भएको बताए।

समिति सहसचिव ध्रुव परियारले दलित समुदायलाई पनि मानवताको व्यवहार गर्न सबैलाई सुझाव दिए। वडाको समन्वयमा भएको सो कार्यक्रममा अधिवक्ता शिव सुनार, पत्रकार नरमाया रसाइली तथा सरु सुनारले सहजीकरण गर्नेछन्।

सञ्जाल अध्यक्ष टेकबहादुर विकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहसचिव धु्रव परियारले स्वागत र सचिव सुनिल गायकले संचालन गरेका थिए।

दुई दिनसम्म चल्ने सो कार्यक्रममा वडाका दलित समुदायको सहभागिता छ।

Related News

सम्बन्धित समाचार

hero news full width