गलकोट, २९ वैशाख । पछिल्लो समयमा विभिन्न कारणले खानेपानीका मुहान सुक्दै गएकाले संरक्षण गर्न थालिएको छ ।
सडक निर्माण, वन जङ्गलको बिनास, जलवायु परिर्वतन तथा भूकम्पका कारण केही बर्षदेखि पानीका मुहान सुक्दै गएकाले संरक्षणका लागि पहल थालिएको हो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पहिलोपटक बागलुङ अभियानका रूपमा नगरपालिका–८ सिगानास्थित छरछरे खानेपानी आयोजनाको मुहान संरक्षण गरेको हो । हाल उक्त आयोजनाको मुहान मोटरबाटोका कारण सुक्दै गएकाले रु चार लाख खर्च गरी चुहावट हुन नदिन पक्की बनाइएको सो आयोजनाका अध्यक्ष रेशम थापाले बताए ।
“मुहान संरक्षण गरे पुस्तौँसम्म खानेपानीको अभाव नहोला”, उनले भने “मुहान संरक्षण भएपछि सङ्कटग्रस्त क्षेत्रमा समेत पानी आपूर्ति गर्ने योजनामा छौँ ।”जिल्लामा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक निर्माण गर्नाका साथै भूकम्प तथा जलवायु परिवर्तनका कारण मुहान सुक्दै जान थालेपछि नमूनाका रूपमा सो कार्य गरिएकोे र अर्को वर्षदेखि योजनावद्ध ढङ्गबाट मुहान संरक्षणमा लागिने उक्त कार्यालयका डिभिजन प्रमुख प्रेमप्रसाद डोटेलले बताए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१