धर्मशीला बुद्धविहार अनागरिका कर्मशीलाको निधन

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७६
59846549_2269670216432690_6064465698506145792_n (1)

पोखरा, २८ वैशाख । धर्मशीला बुद्धविहार नदीपुरस्थित अनागरिका कर्मशीलाको निधन भएको छ ।विगत केही वर्षदेखि फोक्सो र मष्तिष्क क्यान्सरबाट संक्रमित कर्मशीलाको ७७ वर्षको उमेरमा विहीबार बेलुकी ११ः४५ बजे निधन भएको हो ।

उनको शब अन्तिम श्रद्धान्जलीका लागि शुक्रबार दिनभर बुद्धविहारमै राखिएको थियो । शनिबार बिहान नदीपुरबाट शुरु शवयात्रा पालिखेचोक, तेर्सापट्टी, नालामुख, भैरवटोल, मोहोरिया टोल चैत्य परिक्रमा गरि गुठेबाली मार्ग हुँदै तुलसीघाटमा बौद्ध परम्पपरा अनुसार अन्तिम दाहसंस्कार गरिएको छ ।

वि.सं. १९९९ बैशाख २६ गते तेर्सापट्टीमा जन्मीएकी कर्मशीला २०४३ फागुन ५ गते प्रबजित हुनुभएको थियो । बुद्धशिक्षा उन्नयन एवं विस्तारमा उनको विशेष योगदान रहेको छ । अनागरिका धर्मशीलाको स्मृतिमा धर्मशीला बृद्धत वृत्ति स्थापना गरिएको छ । बुद्धधर्मको अध्ययन, अन्वेषण एवं अनुसन्धानमा योगदान दिने व्यक्तिलाई हरेक वर्ष प्रदान गरिने यस विद्धत वृत्तबाट अहिलेसम्म १७ जना सम्मानित भैसकका छन् ।

जीवनको अन्तिम दिनहरुमा क्यान्सरसँग संघर्ष गरिरहँदा उनले धर्मशीला विद्धत वृत्ति अक्षयकोषका लागि ६ लाख, बुद्धविहारको भवन निर्माणका लागि ५ लाख, परियत्ति शिक्षाका लागि १ लाख ५० हजार सँगै विभिन्न संघसंस्थाहरुलाई रकम दान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width