पोखरा २६ वैशाख । पोखरा–२४ ले एकल महिलालाई सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आफनो वडा अन्र्तगत रौरुक लगायत तल्लो क्षेत्रमा बसोबास गर्ने एकल महिलालाई सम्मान गरेको छ ।
बिहिबार दौरुकस्थित सरस्वती कुञ्ज प्राथमिक विद्यालयको भवनमा आयोजित कार्यक्रममा ९० जना एकल महिलालाई सम्मान गरेको हो । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले सल ओढाएर सम्मान गरिन् । कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले एकल महिला प्रति हेर्ने दृष्टिकोणमा परिर्वतन र सम्मानजनक व्यहार गर्नुपर्ने जोड दिइन् ।
उनले विधुवा शब्द प्रति आपत्ति नभएको बताउदै विधुवा महिलालाई हेर्ने दृष्टिकोण र व्यवहारप्रति आपत्ति भएको बताइन् । ‘शब्द कोर्षमा त्यही शब्द छ त्यसमा हाम्रो आपत्ति हैन्, तर हेर्न दुष्टिमा परिर्वतन सम्मानजनक व्यवहार हुनुपर्छ ।’ उपप्रमुख गुरुङले विधुवा महिलाले सिन्दुर बाहेक सवै लगाउन हुने बताउदै परिर्वतन आफुबाटै सुरुवात हुनुपर्नेमा जोड दिइन् ।
उनले महिलाहरु आर्थिक रुपमा सवल र सक्षम हुनुपर्ने बताइन् । ‘महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउदै सवल र सक्षम बनाउने उद्देश्यले उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरेका छौ ।’ वडा अध्यक्ष ओम सुवेदीले भौगोलिक विविधताले गर्दा सवैलाई एकैचोटी सम्मान गर्न नसकिने भएकाले भेग मिलाएर माथिल्लो र तल्लो भेगमा फरक फरक समयमा गरिएको बताए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१