खैरेनीटार, २४ वैशाख। शुक्लागण्डकी नगरपालिकाको आयोजनामा फोहोरजन्य क्रियाकलाप नियमन तथा नियन्त्रणअन्तर्गत जैविक फोहोर व्यवस्थापनका लागि कम्पोटिङ तथा कौशीखेतीसम्बन्धी तालिम सम्पन्न भयो।
प्रमुख अतिथि शुक्लागण्डकी ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेलले सिकेका कुरा व्यवहारममा उतार्न आग्रह गरे। उनले सीप आर्जनपछि आत्मनिर्भरतातर्फ लाग्न सुझाव समेत दिए।
प्रशिक्षक राजेन्द्र सोतीले नगरपालिकालाई पूर्ण सरसफाइ बनाउन सकिने सूचकहरु सुरक्षित शौचालय, सुरक्षित पानी, व्यक्तिगत, घरायसी, सार्वजनिक सरसफाइ, फोहोर व्यवस्थापन, धुवाँरहित भान्सा, हरियाली वातावरण, सडक, पार्क, खेलकुद मैदान जस्ता विषयमा प्रशिक्षण दिएका थिए।
वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग, काठमाडौंको सहयोगमा भएको तालिममा विभागका निरीक्षक तथा प्रशिक्षक राजेश्वर पौडेलले गड्यौलाले कम्पोष्टिङ, यसको महत्व, मल बनाउने गड्यौलाका जातहरु, गड्यौलाको खानेकुराहरु, गड्यौलाले मल संकलन, गड्यौलाको शत्रुहरु, घरेलु जैविक फोहोर, कम्पोष्ट मल र बनाउने तरिकाबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रममा वातावरण विभाग काठमाडौंको सौजन्यमा घरायसी कुहिने फोहोर पदार्थबाट कम्पोष्ट मल बनाउने ३० वटा कम्पोष्टबिन वितरण गरिएको थियो।
वडाध्यक्ष कृष्णबहादुर पौडेलको अध्यक्षता रहेको कार्यक्रमा स्वागत वडा सदस्य बुद्धिबहादुर थापा र सञ्चालन कल्पना पौडेलले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१