बागलुङ, २३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएकी छन् ।
बागलुङ नगरपालिका–१२ बलेवा, अमलाचौरस्थित पृथ्वीहिरण्य माध्यमिक विद्यालयको नवनिर्मित सुविधा सपन्न भवनको हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले भविष्यमा राज्यलाई योगदान दिने विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको आवश्यकता भएको बताइन् ।
“अभिभावक र विद्यार्थीबीचको सम्बन्धबाट नै असल शिक्षा आर्जन गर्ने वातावरण मिल्छ, गुणस्तरमैत्री विद्यालय बनाउन सबैले योगदान गर्नुपर्छ ।”
विद्यालयलाई सक्षम बनाउनका लागि स्थानीयस्तरवाटै सकरात्मक भूमिका खेल्नुपर्ने पनि उनले बताइन् । समाजसेवी हिरण्यप्रसाद ढकालका स्मृतिमा उनको परिवारले निर्माण गरेको विद्यालयको भवन हस्तान्तरण गर्दै राष्ट्रपति भण्डारीले विद्यालय परिसरमा निर्मित समाजसेवी ढकालको शालिकसमेत अनावरण गरिन् ।
समाजसेवी ढकालको स्मृतिमा उनकी धर्मपत्नी जानुका तथा उनका छोरा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकाल र हेमराज ढकालद्वारा निर्मित विद्यालय भवनको साँचोसमेत विद्यालयलाई हस्तान्तरण गरिएको छ । सुविधासम्पन्न अपाङ्गतामैत्री सोह्रकोठे भवन ६ करोड २४ लाख लगानीमा निर्माण गरिएको विद्यालयले जनाएको छ ।
अमलाचौरको एक मात्र माध्यमिक विद्यालयलाई नमूना विद्यालय बनाउनका लागि ढकाल परिवारले भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि लगानी गर्दै आएको छ । विद्यालयका पूर्वविद्यार्थी डा हेमराज शर्माको संयोजनमा विज्ञान प्रयोगशाला, इ–पाटी, कम्प्युटर ल्याब र पुस्तकालयको व्यवस्थासमेत गरिएको छ । कक्षा १२ सम्म अध्ययनअध्यापन हुने सो विद्यालयमा हाल ३८८ विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानध्यापक प्रेम चापागाईँले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१