नेपाल लाइफको रक्तदान

एजेन्सी
वैशाख २२, २०७६
insurance_Fotor

पोखरा, २१ वैशाख। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. पोखरा शाखाले कम्पनीको १९ औं वार्षिकोत्सव अवसरमा पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति पोखरा शाखाको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ।

रक्त संचार केन्द्र पोखराका प्रमुख ध्रुवमणि लामिछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल लाइफ पोखरा क्षेत्रीय कार्यालयमा प्रमुख सोनबहादुर मगर, निप्स पोखरा च्याप्टरका अध्यक्ष केशवराज ढकाल, पोखरा शाखा प्रमुख अनन्त अधिकारी, सामाजिक अभियन्ता हरिशचन्द्र शर्मा, अभिकर्ता संघ केन्द्रीय सदस्य नेत्रप्रसाद ढकालले शुभकामना व्यक्त गरेका थिए।

प्रवीण पोख्रेल संयोजक रहेको उक्त कार्यक्रमको संचालन अभिकर्ता संघका सचिव दामोदर सापकोटाले गरेका थिए। कार्यक्रममा ५३ यूनिट रगत संकलन भएको छ।

वार्षिकोत्सव अवसरमा केक काटेर आपसमा शुभकामना आदानप्रदान गरिएको नेपाल लाइफ पोखराका शाखा प्रमुख अनन्त अधिकारीले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width