पोखरा वृद्धाश्रममा भीड

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७६
7_Fotor

पोखरा, २१ वैशाख। मातातीर्थ औशी पर्वको अवसरमा पोखरा वृद्धाश्रम पोखरा–१७ सीतापाइलामा श्रद्धालु भक्तजनहरुको भीड लाग्यो।

शनिवार बिहान सबेरैदेखि वृद्धवृद्धाहरुलाई फलफूल, मीठाइ, बस्त्रदान गनेर्हरुको वृद्धाश्रममा ओइरो लागेको थियो।

त्यस अवसरमा व्यक्तिगत, सामूहिक तथा संस्थागत रुपमा वृद्धवृद्धालाई सम्मान गर्दै राहत सामग्री वितरण भएको थियो।

आफ्ना आमा बुबा गुमाएकाहरुले पनि वृद्धाश्रमका आमा बुबाहरुलाई हेरेर झल्को मेटाउनुका साथै खाना खुवाएर सन्तोष गरेका थिए।

यसैबीच, हिमाली बाल कल्याण संरक्षण मञ्चले सामुहिक भोजको आयोजना गरी वृद्धवृद्धालाई सहयोग पुर्याएको छ। भोजको व्यवस्था प्रेमबहादुर केसीले गरिदिनुभएको संघका कोषाध्यक्ष गोमा पराजुलीले जानकारी दिइन्।

यसैगरी, भानुमार्ग (क) आमा समूह पोखरा–११, फूलबारीले पोखरा वृद्धाश्रमलाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ।

समूहकी अध्यक्ष मीठु गुरुङको नेतृत्वमा गएको टोलीले वृद्धवृद्धाहरुलाई फलफूलसमेत वितरण गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width