भाँडा व्यवसायी संघद्वारा सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७६
59064542_2318815808395854_7968697491375783936_n_Fotor

पोखरा, २१ वैशाख। पोखरा भाँडा व्यवसायी संघले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई सहयोग गरेको छ। पोखरा–२६, सक्नेरीस्थित लोक सांस्कृतिक संरक्षण समितिको केन्द्रलाई भाडावर्तन सहयोग गरिएको हो।

संघका संरक्षक वसन्त कोइराला, अध्यक्ष बलराम तिमिल्सिना लगायतले केन्द्रका अध्यक्ष जगन्नाथ तिमिल्सिनालाई भाँडावर्तन हस्तान्तरण गरे। प्लेट, चम्चा, गिलास, बाटा, चपिङवोर्ड लगायत भाँडावर्तन प्रदान गरिएको हो।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष देवबहादुर भुजेल, केन्द्रका अध्यक्ष जगन्नाथ तिमिल्सिना लगायतले बोलेका थिए।

पोखरा भाँडा व्यवसायी संघका अध्यक्ष बलराम तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष नरेन्द्रप्रसाद आचार्यले स्वागत र सचिव लक्ष्मीप्रसाद अधिकारीले संचालन गरेका थिए।

केन्द्रलाई दिइएका भाँडावर्तन संरक्षक वसन्त कोइरालाले उपलव्ध गराएका हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width