हेटौँडा, १९ वैशाख । प्रहरीले लागुऔषधसहित दुई जनालाई विहीवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ का ३७ वर्षीय सञ्जय महर्जन र बिहार मुजफ्फरपुरको सदातपुर बस्ने २६ वर्षीय राजकुमार यादव रहेका छन् ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको कमाण्डमा खटिएको प्रहरी टोलीले रातोमाटोमा शङ्कास्पद रूपमा पार्किङ गरी राखेको बिआर २९७५६५ नंको भारतीय सुमोलाई जाँच गर्दा उक्त सुमोको पछाडिको नम्बरप्लेट राख्ने भागमा फल्स बटम बनाई लुकाइछिपाइ राखेकोे अवस्थामा चार पोकामा ३१ किलो लागुऔषध गाँजा फेला परेको थियो । सुमोमा रहेका भारतीय नागरिक राजकुमार यादवसहति गाँजा र सुमोलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयम मकवानपुरबाट खटिएको विशेष टोलीले हेटौँडा–१ स्थित सुमो काउन्टरमा शङ्कास्पद रूपमा हिँडिरहेको सञ्जय महर्जनलाई खानतलासी गर्दा लागुऔषध डाइजेपाम ३० एम्पुल, नोर्फिन ३० एम्पुल र फेनार्गन ३० एम्पुल फेला परेको थियो । बरामद भएका लागुऔषधसहित उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा जेसीज ४७ औं वर्षमा
प्रदेशस्तरीय सुरक्षा गोष्ठी : गण्डकीमा कस्तो छ सुरक्षा अवस्था ?
बुधबारदेखि टिकट काउण्टर बन्द
प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन
५ सञ्चारकर्मीलाई जनमत सम्मान
hero news full width
मुख्य समाचार
एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
चैत्र ३१, २०७७बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
चैत्र ३१, २०७७सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
चैत्र ३१, २०७७कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
चैत्र ३०, २०७७‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७