पोखरा, १७ वैशाख। पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन्।
काठमाडौँ चोभारको मञ्जुश्री पार्क नजिकै विद्यार्थीको एक समूहले उनीमाथि मंगलबार दिउँसो मोसो दलेको खबर छ।
परिवारका सदस्यसहित आफ्नो सवारीमा रहेका उनलाई विद्यार्थीको समूहले मोसो दलेको हो। नियमविपरीत विद्यार्थी भर्ना गरेका पोखरा विश्वविद्यालयअन्तर्गत ४२ वटा निजी कलेजलाई कारबाहीको माग गर्दै आन्दोलनरत विद्यार्थीले उनीमाथि मोसो दलको बताइएको छ। उनी १५ दिनदेखि पोखरा विश्विद्यालयको केन्द्रीय कार्यालय नआइ काठमाडौँ रहँदै आएका थिए। विद्यार्थीले नै गुरुलाई कालोमोसो दलेको भन्दै सामाजिक सञ्जालमा भने चर्को विरोध छ।
सो घटनाबारे विश्वविद्यालयका प्रवक्ता लोकनाथ ढकालसँग टेलिफोन सम्पर्क गर्दा उनले यसबारे आफूलाई जानकारी नभएको बताए।
नियमविपरीत भर्ना लिएका कलेजमाथि कारबाही माग गर्दै नेविसंघका विद्यार्थीले मंगलबार पनि प्रदर्शन गरेका छन्। उनीहरुले काठमाडौँ र पोखरामा दिनहुँ प्रदर्शन गरिरहेका छन्। पोखराको ढुंगेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा प्रदर्शनमा उत्रिएका ८ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो। सोमबार करिब ४५ विद्यार्थी परीक्षाबाट वञ्चित रहेकोमा मंगलबार झण्डै एक सय जनाले परीक्षा बहिष्कार गरेका छन्।
आन्दोलनबीच पनि पोखरा विश्वविद्यालयले सेमेस्टर परीक्षालाई प्रहरीको सुरक्षामा सञ्चालन गरिरहेको छ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१